यात्रुबाहक बस लुटपाट गर्ने गिरोहले बसमा सुन ओसारपोसार हुन लागेको भन्ने सूचनाको आधारमा गाडी चेकजाँच गर्ने क्रममा लुटपाट गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । उनीहरुले आफूहरुलाई सीआईबीको प्रहरी भन्दै गाडी चेकजाँच गर्ने बाहनामा लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सानुराम भट्टराईको भनाई छ । एसपी भट्टराईले भने, ‘उनीहरुले गाडीमा सुन ओसार–पसार हुन लागेको सूचना पाएका रहेछन् ।’
जंगलमा गाडी रोकेपछि उनीहरुले बन्द ढोका खोल्न लगाएर बसभित्र पसेर सहचाकलाई सुन (माल) खोई भन्दै हातपात समेत गरेको प्रहरी अुसन्धानमा खुल्न आएको एसपी भट्टराईले बताए ।
जेठ १७ गते बिहान ३ बजेको समयमा पूर्व–पश्चिम राजमार्गको बाराको सिमरा उपमहानगरपालिका–१६ चौधकिलोस्थित जंगलमा काठमाडौंबाट महोत्तरी जाँदै गरेको रात्रीकालिन यात्रुबाहक बस लुटपाट गर्ने ७ जनालाई आइतबार (आज) पक्राउ परेका छन् ।
बसमा सवार यात्रुहरुले दिएको हुलियाको आधारमा खोजतलास गर्दा उनीहरुलाई पक्राउ गरिएको एसपी भट्टराईले बताए । यात्रुबाहक बसलाई नियन्त्रणमा लिई बसमा रहेका सहचालकलाई कुटपिट गरी उनीहरुले नगद ४५ हजार नगद र दुई हजार भारतीय रुपैयाँ र एकथान सामसुङको मोबाइल लुटेर लगेका थिए ।
पक्राउ पर्नेमा सर्लाही हरीवनका दिल कुमार दोङ, विजय लामा, सिन्धुली हरीहरपुरका टाइगर भन्ने सुनिल तामाङ, रौतहट गुजरका ज्ञान बहादुर थिङ रहेका छन् । यस्तै काभ्रे महाभारतका विशाल पाख्रिन, बर्दिबासका सन्तोष भन्ने रमेश कुमार र सिन्धुली मरीनका संघर्ष थिङ रहेका छन् ।
बा७च ४८७६ नम्बरको रातो स्कारपियो गाडी, ज१२प ४६८० र बा८६प ९७७१ नम्बरको पल्सर मोटरसाइकलमा आएका ७ जनाको समूहले ना७ख २७९० नम्बरको रात्रीकालिन यात्रुबाहक बसलाई नियन्त्रणमा लिई बसमा रहेका सहचालकलाई कुटपिट गरी नगद करिब ५० हजार लुटपाट गरेका थिए ।
पक्राउ परेकाहरुलाई डाँका मुद्दामा ५ दिनको म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सानुराम भट्टराईले बताए ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष