दाङ – पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको रिहारमा आइतबार राति बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । नारायणघाटबाट महेन्द्रनगरका लागि छुटेकाे ना ६ ख १२६४ नम्बरको बस लमही नगरपालिका ९ रिहार नजिक दुर्घटना हुदा १० जना यात्रु घाइते भएका हुन् ।
घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । आइतबार राति रिहार नजिकै जंगलमा शाैचकाे लागी बस राेकिएकाे थियाे ।
तर, राेकेकाे बस आफैँ गुडेर सडक बाट तल खस्दा दुर्घटना हुन पुगेकाे हो । बस राेकेर चालक पनि शाैच गर्न बाहिर निस्किएका थिए । सामान्य घाइते भएका यात्रुको लमहीमा उपचार भैरहेको छ भने गम्भीर घाइतेलाई उपचारका लागि बाँकेको नेपालगंज लगिएको छ ।
गम्भीर घाइते हुनेमा टिकापुर ८ बस्ने ६५ वर्षीय भागीराम डगौरा, उनकी श्रीमती ६० वर्षीया बेज्या चौधरी, कैलाली लम्किचुहा ६ का ३५ वर्षीय कृष्ण भण्डारी र डडेल्धुरा अम्मरगढ़ी २ का ५० वर्षीय गोपा सार्की रहेकाे प्रहरीले जनाएकाे छ ।
सम्बन्धित खबर
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग