एजेन्सी : भारतको एउटा गाउँ ‘टिल्टेपक’ का सबै मानिसहरु अन्धो छन् । उक्त गाउँमा बस्दै आएका जोपोटेक जनजातीका मानिसहरु वास्तबमा जन्मदेखि नै अन्धो भने हुँदैनन् । तर, उमेर बढेसँगै विस्तारै उनीहरुले आखाँको ज्योती गुमेको थाहा पाउँछन् । यो के कारणले भएको छ कसैलाई पनि थाहा छैन । यस गाउँमा अन्य थुप्रै रहस्यहरु भेटिन्छन् ।
एउटा रुखलाई मानिन्छ अन्धोपनको कारण एउटा रुखलाई मान्दै आएका छन् । उक्त गाउँमा भएको ‘लावजुएजा’ को रुखलाई हेर्दाहेर्दै अन्धो भएको उनीहरु बताउँछन् । गाउँलेले अन्धोपनको कारण रुखलाई भनेपनि वैज्ञानिकले उक्त गाउँमा भएको अन्धोपनको कारण झिँगा भएको पत्ता लगाएका छन् । झिँगाले मानिसलाई टोकेपछि त्यसको सीधा असर आखाँमा पर्ने भएकाले विस्तारै आखाँमा असर पर्दै गएर उनीहरुले आखाँको ज्योती गुमाउँछन् ।

अजब–गजब व्यवहार देखाउँछन् मानिसहरु
उक्त गाउँमा रहने मानिसहरुको व्यवहार अजब–गजब हुन्छन् । मानिसहरु कोदो र खुर्सानी खाने गर्छन् । उनीहरु कोदो त खानाको लागि खाने गर्छन् तर त्यससँगै सुख्खा खुर्सानी किन खान्छन् कसैलाई थाहा छैन । यस गाउँमा जम्मा ७० वटा झुपडी रहेको छ । तर, कुनै पनि झुपडीमा झ्याल छैन ।
मान्छे मात्र होइन जनावर र पन्छी पनि अन्धा
मानिसहरु मात्र होइनन् उक्त गाउँमा पशु–पन्छी पनि अन्धा छन् । यो गाउँमा पन्छिहरु उडेको देख्न पाइदैन किनकी चरा उड्न खोजेपछि कतै ठक्कर खाएर खस्छन् र धेरै बाँच्दैनन् पनि ।

रातमा पिउँछन् रक्सी
यहाँका मानिसहरु रातमा खाना खाएपछि मदिराको सेवन गर्छन् । त्यहाँका मानिसहरुलाई आफूहरु अन्धो भएकोमा कुनै पछुतो वा दुख छैन । त्यहाँका मानिसहरु काठबाट बनेको हतियार प्रयोग गरेर आफ्नो रक्षा गर्ने गर्छन् ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?