एजेन्सी : पछिल्लो समय विश्वको एउटा घटनाले सोसल मिडिया तताएको छ । महिला अधिकारकर्मीहरु यसलाई घृणित तथा सेक्सिस्ट कार्य भन्दै आलोचना गरिरहेको छन् । आखिर सोसल मिडियामा तहल्का मच्चाउने यो काण्ड के हो त ?
वास्तवमा रुसमा भएको स्कर्ट काण्ड अहिले चर्चामा छ । रुसको एउटा कम्पनीले महिला कर्मचारीलाई स्कर्ट लगाएर अफिस आउन प्रोत्साहित गर्दै पुरस्कारको घोषणा गरको विषयले विवाद उत्पन्न गरेको हो । रुसको आल्मुनियम कम्पनी टाटप्रुफले नारित्व म्याराथन अभियान सुरु गरेको छ ।
जसअन्तर्गत कम्पनीमा स्कर्ट लगाएर आउने कर्मचारी तथा कामदार महिलालाई बोनस दिइनेछ । स्कर्ट लगाएर अफिस आएबापत महिलाहरुले दैनिक झण्डै १ सय ८० रुपैयाँ बराबरको रकम बोनस पाउनेछन् । बोनस पाउनका लागि महिलाहरुले केही शर्तको पालना गर्नुपर्ने हुन्छ ।
स्कर्ट धेरै लामो अर्थात् घुँडाभन्दा पाँच सेन्टिमिटरभन्दा बढी तल आउने हुनु हुँदैन । साथै सबुतको रुपमा आफ्नो फोटो खिचेर कम्पनी व्यवस्थापनलाई पठाउनुपर्ने हुन्छ । महिलाहरुको अपमान तथा शोषण गरेको भन्दै यस अभियान प्रति तीव्र आलोचना भइरहेका बेला उक्त कम्पनीका प्रवक्ताले भने अभियान सेक्सिस्ट नभएको बताएका छन् ।
उनका अनुसार ६० भन्दा धेरै महिलाले अहिलेसम्म यसमा भाग लिइसकेका छन् । यस अभियानले महिलाहरुमा जागरुकता बढ्ने उनको दाबी छ । स्कर्ट लगाउँदा महिलाले नारित्व तथा आकर्षणको महसुस गर्ने उनको जिकिर छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?