चितवन । चितवनमा बामगठबन्धनको चुनावसभा तथा प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धान्जली सभामा गीत गाउँदा–गाउँदै जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनलाई हृदयघात भएर निधन भएको छ ।
उनी अचानक ढलेपछि उनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको थियो । जहाँबाट उनी फेरि फर्केर आउन सकेनन् । उनी माओवादीका पूर्व सांसद तथा नेता पनि हुन् ।
प्रचण्ड सहित बाम गठबन्धनलाई फेरि अर्को शोक आईलागेको हो । जनताको मूक्तिको सपना देखेर युद्धमा होमिएका खुशीरामले आफ्ना छोरा अमरलाई युद्धकालमै गुमाएका थिए । पाख्रिनले चुनावी सभा सुरु हुनु अघि दुई वटा गीत समेत गाएका थिए ।

चुनावीसभामा सहभागी पाख्रिनलाई असहज भएपछि अस्पताल लाँदै गर्दा बाटोमै निधन भएकोअस्पताल स्रोतले जनाएको छ । सभास्थलमा रहँदा असहज महसुस भएपछि पाख्रिनलाई नारायण सामुदायिक अस्पताल लगिएको थियो ।
सभामा जनगायक पाख्रिनले गीत गाएका थिए । माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धकालमा पाख्रिनले गाएका ‘भोका नाङ्गा नानीहरु’ गीत निकै चर्चित बनेको थियो । उनी २०३८ सालदेखि जनतालाई चेतना जगाउने गीत लेख्दै गाँउदै र तीनमा संगीत भर्दै हिँडेका थिए ।
चुनावीसभा सुरु हुनुअघि माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पुत्र दिवंगत प्रकाश दाहालप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । प्रकाश दाहालको आइतबार बिहान आकस्मिक हृदयघातका कारण निधन भएको थियो ।

सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु