पोखरा । आगामि भदौ २१ गतेदेखि २८ गतेसम्म पोखरामा प्रथम विश्वकर्मा कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । विश्वकर्मा सेवा समाज लाहाचोक कास्कीको आयोजनामा आगामि भदौ २१ गतेदेखि २८ गतेसम्म फुटबल प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा गण्डकी प्रदेशका सबै जिल्लाबाट सहभागि हुन पाउने भन्दै तियोगिताका संयोजक जीवन सुनारले करिब ५० वटा टिमको सहभागिता हुन सक्ने अनुमान गरे । सेवा समाजको अनुसार प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र दोस्रोले ५१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएका छन् । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १० हजार, बेस्ट डिफेन्स, बेस्ट गोलकिपर, बेस्ट मिडफिल्डर र हाइस्कोरर विधामा जनही ५ हजार पुरस्कार प्रदान गरिने भएको छ । बगर हरिचोकस्थित राष्ट्रिय उच्च माविको खेलमैदानमा प्रतियोगिता हुनेछ ।
विश्वकर्मा समुदायका युवाहरुलाई एकतामा बाँध्ने र अन्य समुदायका युवासंग पनि सद्भाव अनि भाइचारा बाँड्ने लक्ष्य सहित उक्त प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक सुनारले बताए । प्रतियोगिताका लागि १३ लाख रुपैयाँ खर्च लाग्ने समाजले जनाएको छ ।
प्रतियोगिताका अर्थ संकलन सँयोजक राजेन्द्र गहतराजले प्रतियोगिताबाट १९ लाख रुपैयाँ संकलन हुन बताए ।प्रतियोगिताबाट बचेको रकम लाहाचोकस्थित जनजागरण आधारभुत विद्यालयको स्तरोन्नती र सोही ठाऊँमा रहेको शिव तथा विश्वकर्मा मन्दिरको निर्माणमा खर्च गरिने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला