काठमाडौँ– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंसीर ८ गते नेपाल बन्द आयोजना नगरेको स्पष्ट पारेको छ ।
विप्लव नेतृत्वको नेकपाले मंसीर १० गतेको चुनाव वहिस्कार गर्न मंसीर ८ गते नेपाल बन्द राखेको भन्ने हल्ला चलिरहेका बेला आफूहरुले कुनै बन्द आयोजना नगरेको सो पार्टीका पोलिट्व्युरो सदस्य तथा जनवर्गिय संगठन इन्चार्ज मोहन कार्की जिवन्तले बताएका छन् ।
नेता कार्कीले आफ्नो फेसबुक स्टाटसमार्फत मंसीर ८ गतेको बन्द नेकपा सम्वद्ध कुनै पनि भातृ संघ संगठन र जनमुक्ति सेनाले आयोजना नगरेको स्पष्ट पारेका छन् । उनले बन्दको भ्रममा नपर्न सबैलाई आग्रह समेत गरेका छन् ।
तर, पूर्व जनमुक्ति सेनाले बन्द गरेको बताईन्छ । पुर्व माओवादी जनमुक्ति सेनाले मंसिर ८ गते नेपाल बन्द आह्वान गरेका छन्।

छानी छानी विरोध गर्नेलाई कुट्ने रणनीतिका साथ नेपाल बन्द गर्न लागिएको उनीहरुको भनाइ छ । यस्तो बन्द नेपालमा पहिलोपल्ट हुन लागेको उनीहरुको तर्क छ ।
‘दिउँसो जसले हाम्रो बन्दको प्रतिकार गर्छ । बेलुका छानी छानी कुट्ने हो ।’ पूर्व माओवादी जनमुक्ति सेनाका एक सदस्यले भने, ‘नेपाल बन्द के हो भनेर हामी देखाईदिन्छौं ।’
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु