सुन्दर देखिने चाहना कसलाई हुँदैन र ? तर कहिलेकाहीँ धेरै सुन्दर हुँदा पनि दुख पाइने रहेछ । उरुग्वेको पेसेन्दु सहरमा हालै यस्तै घटना भएको छ । त्यहाँ अहिले एकजना सुन्दर महिला र ट्राफिक पुलिस चर्चाको केन्द्रमा छन् ।
समाचार अनुसार हालै उक्त सहरमा ती सुन्दर महिला बाइक चलाएर आफ्नो गन्तव्यतर्फ जाँदै थिइन् । उनलाई बीच बाटोमै ट्राफिक प्रहरीले रोक्यो र जरिवानाको रसिद काट्यो ।
ती महिलालाई ट्राफिकले जरिवाना तिराउनुको कारण भने रोचक रहेछ । महिला बढी सुन्दर भएका कारण सडकमा रहेका अन्य यात्रु तथा चालकहरुको ध्यान भड्किन सक्ने र दुर्घटना हुनसक्ने भन्दै उनलाई जरिवाना गरिएको रहेछ ।
ट्राफिक प्रहरीले ती महिलालाई जरिवानाको रसीद मात्र काटेनन् स्पेनिस भाषामा ‘आइ लभ यू’समेत लेखे । जब ती महिलाले आफुले पाएको उक्त रसिदलाई सोसल मिडियामा शेयर गरिन् तब त्यसले ठूलै तहल्का मच्चायो । धेरै मानिसले ट्राफिक पुलिसको आलोचना गरे र महिलामाथि हिंसा गरेको जिकिर गरेका छन् ।
यो घटनाबारे प्रहरीको माथिल्लो निकायले जाँचबुझ गरिरहेको बताइएको छ । यदि ती ट्राफिक प्रहरी दोषी पाइएमा उनलाई निलम्बनको कारवाही हुनसक्ने समाचारमा उल्लेख छ ।
एजेन्सीको सहयोगमा
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती