एजेन्सी : उत्तर कोरियाका मृत्युदण्ड दिइने स्थानहरु पत्ता लागेको दक्षिण कोरियाको एक गैर सरकारी संस्था ‘द ट्रान्जिसनल जस्टिस वर्किङ ग्रुप’ले जनाएको छ । ग्रुपको अध्ययन अनुसार त्यहाँ ३ सय १८ स्थानमा सामुहिक मृत्युदण्ड दिइन्छ ।
यस ग्रुपले चार वर्षको अवधिमा उत्तर कोरियाको शासनविरुद्ध मत राख्ने ६ सय १० जना सँगको अन्तर्वार्ताको आधारमा अध्ययन तयार पारेर प्रतिवेदन सार्वजनिक गरेको हो । मंगलबार सार्वजनिक अध्ययनका अनुसार गाइ चोर्नेदेखि दक्षिण कोरियाली टेलिभिजन हेरेको आरोपमा मानिसहरुलाई मृत्युदण्ड दिइएको छ ।
खोला, बजार, विद्यालयत, खेल मैदानजस्ता स्थानमा सामुहिक मृत्युदण्ड दिएको जनाइएको छ । मृत्युदण्डको समयमा हजारभन्दा बढी मानिसलाई भेला गर्ने आरोपीलाई झुन्ड्याइने र गोली हान्ने गरिएको अध्ययनले जनाएको छ।
कुनै समयमा आफ्नै आमा बुबाको मृत्युदण्ड छोराछोरीलाई समेत हेर्न बाध्य बनाइएको बताइएको छ । देश छाडेर भाग्न खोज्ने, देशविरुद्ध बोल्ने, सरकारको आलोचना गर्नेलाई उत्तर कोरियामा मृत्युदण्ड दिइन्छ ।
मृत्युदण्ड दिइसकेपछि त्यहाँका प्रहरीले यो ‘तिमीहरुलाई पनि हुनसक्ने’ भन्दै चेतावनी दिने गरेको अध्ययनमा उल्लेख गरिएको छ । त्रासका कारण त्यहाँका मानिसहरु स्वतन्त्र रुपमा बोल्न नपाएको बताइएको छ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’