उच्च अदालत पोखराले फेवातालको ६५ मिटरको चार किल्ला कायम गरेर प्रभावितलाई मुआब्जा दिएर मात्र मापदण्डभित्रका संरचना हटाउन आदेश दिएको छ । मंगलबार मुख्य न्यायाधीश यज्ञप्रसाद बस्याल र न्यायाधीश विनोदप्रसाद शर्माको संयुक्त इजलासले तालको ६५ मिटर क्षेत्रको चार किल्ला कायम गर्नुपर्ने र मुआब्जाको व्यवस्थासमेत गरेर संरचना हटाउन आदेश दिएको हो ।


पोखरा महानगरले गत जेठ ९ गते तालको वरपर ६५ मिटर मापदण्डभित्र स्थायी वा अस्थायी कुनै पनि संरचना बनाएको भए १५ दिन भित्र हटाउन सूचना जारी गरेको थियो । त्यस सूचनाविरुद्ध विष्णु दाहाललगायत २२ जनाले उच्च अदालतमा रीट दिँदै महानगरको सूचना बदर गर्न माग गरेका थिए । त्यसपछि तत्काललाई प्रक्रिया अघि नबढाउन उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गरेको थियो ।
http://gandaknews.com/fewa/
उच्च अदालतले मंगलबार दुबै पक्षसँग छलफल गरी फेवातालको चार किल्ला कायम नभएसम्म फेवातालको वरिपरी ६५ मिटरभित्रको जग्गा र सोमा बनेको अस्थायी, स्थायी संरचना यकीन हुन नसक्ने भन्दै ती काम सकेर मात्र संरचना हटाउन आदेश दिएको हो ।
यसअघि फेवातालसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पनि चार किल्ला कायम गरेर मुआब्जाको व्यवस्था गरेर मात्र फेवातालको ६५ मिटर मापदण्डभित्रको संरचना हटाउन आदेश दिएको थियो । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारद्वारा गठित फेवाताल अतिक्रमण छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न सर्वाेच्चले भनेको थियो । पोखरा उपत्यका नगर विकास समितिका तत्कालीन अध्यक्ष विश्वप्रकाश लामिछानेको संयोजकत्वमा समिति गठन भएको थियो ।
समितिले करिब ९ सय ५० जना व्यक्तिको लालपूर्जा नै खारेज गर्नुपर्ने सिफारिस लामिछाने नेतृत्वको समितिले गरेको थियो । १ हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेको प्रतिवेदनमा छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’