पोखराको रुपाताल र बेगनासतालको बीच पचभैयामा निर्माणाधीन चिडियाखाना आगामी साउन १ गतेदेखि अवलोकनका लागि खुल्ने भएको छ । ‘पोखरा जुलोजिकल पार्क’ नाम दिइएको चिडियाखानालाई सर्वसाधारणका लागि खुला गर्ने लक्ष्यअनरुप निर्माण कार्यलाई तीब्र गतिमा अघि बढाइएको छ । निर्माणाधीन चिडियाखाना पर्यटकीय नगरी पोखरा शहर भागबाट २५ किमी टाढा पर्छ ।
पोखरा युनाइटेड क्लबको सक्रियतामा पोखरा महानगरपालिका वडा नं ३०, ३१ र ३२ स्थित पचभैया चापापानी, चिसाकुना र चैनपुर सामुदायिक वन समेटेर चिडियाखाना बनाइएको छ । अभियानको शुरुआत २०६४ वैशाखबाट गरिए पनि यसको औपचारिक शिलान्यास भने २०७२ साउन १५ गते तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीबाट गराइएको थियो । पोखरा जुलोजिकल पार्क निर्माण समितिका संस्थापक अध्यक्ष हिमालय बख्रेलका अनुसार यस क्षेत्रको १३४ हेक्टर वन क्षेत्र समेटेर चिडियाखाना बनाउन लागिएको हो । चिडियाखाना निर्माणकै सहयोगार्थ क्लबले बर्सेनी पोखरा महोत्सव गर्दै आएको र त्यसबाट हालसम्म रु ५५ लाख जुटिसकेको उनले जानकारी दिए ।
महोत्सवको आम्दानीमध्ये प्रत्येक वर्ष २० प्रतिशत रकम चिडियाखानाका लागि छुट्याउने गरिएको छ जुन निर्माण कार्यका लागि महत्वपूर्ण आधार बन्दै गएको छ । हालसम्म गण्डकी प्रदेश सरकारबाट एक करोड ५० लाख, पोखरा महानगरपालिकाबाट रु ३४ लाख, डिभिजन वन कार्यालयबाट रु २४ लाख प्राप्त भई पशुपक्षी उद्धार केन्द्रका लागि भवन निर्माण, खानेपानी जडान, बाटो निर्माण, मृगस्थली, बाघ राख्ने खोरलगायतका संरचना निर्माण भइसकेको छ ।

चिडियाखानाभित्र १२० वर्ग्मिटर क्षेत्रफलको नीलगाईको खोर बनिसकेको छ भने १३० वर्गमिटर क्षेत्रफलको चितुवाको खोर बनिसकेको छ । त्यस्तै ३६० वर्गमिटरको मृगको खोर, २५० मिटरको बाँदरको खोर र १२० वर्गमिटरको भालुको खोर निर्माणका क्रममा छ । चिडियाखाना परिसरमा वन्यजन्तु उद्धार केन्द्र पनि राखिएकामा हालसम्म अजिङ्गर, स्याल, वन बिरालो, कछुवा, बाँदर, नीलगाई, रतुवा मृग, खरायोलगायत जनावर उद्धार गरी राखिसकिएको छ । चिडियाखाना क्षेत्रको जङ्गलमा ३६१ प्रजातिका वनस्पति, १७५ प्रजातिका जडीबुटी पाइनाका साथै बाघ, मृग, अजिङ्गरलगायतका १३४ जातका वन्यजन्तु तथा चराचुरुङ्गी पाइनेछ ।
चिडियाखानाभित्रको बाटोबाट इन्क्लोजरसम्म पुग्ने २२० मिटरको सिँढी–बाटो निर्माण भइसकेको छ । चिडियाखानाको अवलोकनका लागि जालीको डोम निर्माण गरिने र जनावर, पक्षी खुला छाडिने योजना छ । तारजाली लगाई चिडियाखानामा जङ्गल घुम्दै पर्यटकले जनावरको अवलोकन गर्न पाउनेछन् ।
तस्विरः परिचय नेटवर्क
http://gandaknews.com/pokhara-zoo/
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’