काठमाडौ । काठमाडौमा शनिबार हुने १२ औँ रोट्रयाक्ट डिष्ट्रिक एसेम्ब्ली तथा ११ औँ रिकग्निसन सेरेमोनीको तयारी अन्तिम चरण पुगेको छ । कार्यक्रम सिद्धार्थ वनस्थली ईन्ष्टिच्युट बालाजु काडमाण्डौमा हुनेछ ।
रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटान अन्तर्गत रोट्रयाक्ट नेपालको आयोजना तथा रोट्रयाक्ट क्लव अफ कुपण्डोल, रोट्रयाक्ट क्लव अफ चन्द्रागिरी, रोट्रयाक्ट क्लव अफ स्वयम्भु भैसेपाटी र रोट्रयाक्ट क्लव अफ काठमाण्डौ मिड टाउनको संयोजन गरेको डिष्ट्रिक क्लव एसेम्ब्लीको तयारी अन्तिम चरणमा पुगेको हो ।
रजिष्ट्रेसन, कार्य तालिका, ब्यानर,परिचय कार्ड लगायत अन्य व्यवस्थापनको काम करिब सकिएको छ ।
डिष्ट्रिक क्लव एसेम्ब्लीमा देशभरका १३ जोन अन्तर्गत १२५ वटा रोट्रयाक्ट क्लवका रोट्रयाक्ट प्रतिनिधीहरु सहभागी हुनेछन् ।
रोटरीको भातृ संस्था रोट्रयाक्ट क्लवमा १८ देखि ३० वर्षसम्मका युवाहरु आबद्ध छन् । वर्ष २०१९/२० को नयाँ कार्य योजना तर्जुमा, अन्य कार्यक्रम लगायत विषयमा छलफल हुने आयोजकले जनाएका छन् ।
क्लबका प्रेसिडेन्ट, भाईस प्रेसिडेन्ट, सेक्रेटरी, ट्रेजरर, ४ वटा एभिन्यु डिरेक्टर लगायत अन्य मेम्बरहरुका लागि पनि छुट्टाछुट्टै तालिम संचालन हुनेछ ।
रोट्रयाक्ट क्लब अफ काठमान्डौ मिड टाउनका अध्यक्ष सुष्मा श्रेष्ठले रोट्रयाक्टरहरुको व्यक्तिगत क्षमता एवम् नेतृत्व विकाशका लागि क्लव एसेम्ब्ली एक महत्वपुर्ण कार्यक्रम भएको बताइन ।
प्रत्येक वर्ष हुने यो कार्यक्रममा नयाँ नयाँ कुराहरु सिक्न,एक अर्का बिच परिचयात्मक कार्यक्रम सँगै मनोरञ्जन लिन सकिनेछ ।
त्यसैगरी रोट्रयाक्ट क्लब अफ चन्द्रागिरीका सेक्रेटरी शैलेस शर्माले वर्ष २०१८/१९ मा विभिन्न क्लवमा भए गरेका कार्यहरुको मुल्याङ्कन गरी विभिन्न विद्यामा अवार्डहरु समेत प्रदान गरिने जानकारी दिए ।
उनले शनिबार हुने कार्यक्रमको तयारी करिब अन्तिम चरणमा पुगेको समेत जानकारी गराए । भेलामा करिब ७ सयको सहभागतिा रहनेछ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु