पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ २ करोड १५ लाख ४० हजार सात सय ४१ रुपैयाँ लागतमा निर्माण गरिएको नयाँ क्वार्टरमा सरेका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीले सहिदचोकमा प्रमुख जिल्ला अधिकारीको आवास प्रयोजनका निम्ति बनाएको नयाँ क्वार्टरमा शुक्रबार बिहान मुख्यमन्त्री गुरुङ पूजाआजा गरेर प्रवेश गरेका हुन् ।
शुक्रबार बिहान गण्डकी प्रदेशका मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु तथा मुख्यमन्त्रीका आफन्तहरु प्रजिअको आवास प्रयोजनका लागि भनेर निर्माण गरिएको तर प्रयोगमा नआएको क्वाटरमा पुगे । अनि मुख्यमन्त्री गुरुङले पण्डितले निकालेको उचित साइत अनुसार पूजाआजा गरे, क्वाटरको मुख्य ढोकामा नरिवल फुटाए अनि नयाँ क्वार्टरमा प्रवेश गरे ।
गण्डकी प्रदेशका मुख्यमन्त्रीको रुपमा निर्वाचित भएपछि पोखरा महानगरपालिकाले उपलब्ध गराएको गेस्टहाउस, राष्ट्र बैंक गेस्टहाउस, पार्दीस्थित महानगरको गेस्ट हाउसमा बस्दै आएका गुरुङ आजदेखि नयाँ क्वार्टरमा सरेका हुन् । प्रदेश सरकार गठन भएको लामो समय बितिसक्दा पनि प्रदेश सरकारको आफ्नै भवन नहुँदा मन्त्री तथा प्रदेश प्रमुखहरु अन्य कार्यालयको भवनमा बस्दै आएका छन् ।

सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार