एसपी दानबहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय कास्कीको कमाण्ड सम्हालेको ठ्याक्कै १३ दिन भयो । कार्यालय प्रमुखका रुपमा काम गरेको यति छोटो समयमै नोटेवल काम गरी देखाएका छन् । शुक्रबार ठूलो मात्रामा लागूऔषध सहित १ जनालाई पक्राउ गर्न कास्की प्रहरी सफल भएको छ । सिन्धुपाल्चोक चौतारा गाउँपालिका १० शंखमुल घर भई हाल पोखरा महानगरपालिका १० बस्ने १८ वर्षिय डेबिड तामाङ रहेका छन् । उनको कोठासम्म सामान पु¥याउने गरेको आशंकामा केही ट्याक्सी चालकसमेत प्रहरी नियन्त्रणमा छन् । यद्यपी, प्रहरीले अनुसन्धान प्रभावित हुने भएकाले सार्वजनिक गरेको छैन ।
विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका १० पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नजिक बिजय कुमार गुरुङको घरमा डेरा गरी बसेका तामाङलाई निजकै डेरा कोठाबाट पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका तामाङको साथबाट प्रहरीले डाईजापाम, फेनरागन र नुर्फिन गरी १४६४ एम्पुल, फेन्सिडिल ३ बोरा (३३८ बोत्तल) र नाईट्रोसन चक्की १०० थान गरी जम्मा १९०२ थान लागूऔषध सहित बरामद गरेको छ । पक्राउ परेका तामाङ माथि थप अनुसन्धान भईरहेको छ ।

छोटो समयमै ठूलो मात्रामा लागूऔषध कारोबारीहरु पक्राउ परेका छन् । यही जेठ २९ गते पोखरा महानगरपालिका १० बुद्धचोक बस्ने ३८ वर्षिया देवी कुमारी गुप्तालाई ९०० थान लागूऔषध सहित पक्राउ गर्न सफल भएको छ ।
सोही मितिमा नै प्रहरी निरीक्षक गणेश सुवेदीको कमाण्डमा खटिएको प्रहरी टोलीले पोखरा स्थित उत्तमचोकबाट १५०० थान लागूऔषध सहित जोन भनिने गोविन्द थापालाई पक्राउ गर्न सफल भयो । सो क्रममा गोली नै चलाउनुपरेको थियो । प्रहरी समेत घाईते भएका थिए । घुँडामुनि गोली लागेका थापाको उपचार भइरहेको छ ।

तस्विरः प्रत्यक्षदर्शी
http://gandaknews.com/ganesh-thapa-pokhara-uttamchok-update/
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’