एसपी दानबहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय कास्कीको कमाण्ड सम्हालेको ठ्याक्कै १३ दिन भयो । कार्यालय प्रमुखका रुपमा काम गरेको यति छोटो समयमै नोटेवल काम गरी देखाएका छन् । शुक्रबार ठूलो मात्रामा लागूऔषध सहित १ जनालाई पक्राउ गर्न कास्की प्रहरी सफल भएको छ । सिन्धुपाल्चोक चौतारा गाउँपालिका १० शंखमुल घर भई हाल पोखरा महानगरपालिका १० बस्ने १८ वर्षिय डेबिड तामाङ रहेका छन् । उनको कोठासम्म सामान पु¥याउने गरेको आशंकामा केही ट्याक्सी चालकसमेत प्रहरी नियन्त्रणमा छन् । यद्यपी, प्रहरीले अनुसन्धान प्रभावित हुने भएकाले सार्वजनिक गरेको छैन ।
विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका १० पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नजिक बिजय कुमार गुरुङको घरमा डेरा गरी बसेका तामाङलाई निजकै डेरा कोठाबाट पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका तामाङको साथबाट प्रहरीले डाईजापाम, फेनरागन र नुर्फिन गरी १४६४ एम्पुल, फेन्सिडिल ३ बोरा (३३८ बोत्तल) र नाईट्रोसन चक्की १०० थान गरी जम्मा १९०२ थान लागूऔषध सहित बरामद गरेको छ । पक्राउ परेका तामाङ माथि थप अनुसन्धान भईरहेको छ ।

छोटो समयमै ठूलो मात्रामा लागूऔषध कारोबारीहरु पक्राउ परेका छन् । यही जेठ २९ गते पोखरा महानगरपालिका १० बुद्धचोक बस्ने ३८ वर्षिया देवी कुमारी गुप्तालाई ९०० थान लागूऔषध सहित पक्राउ गर्न सफल भएको छ ।
सोही मितिमा नै प्रहरी निरीक्षक गणेश सुवेदीको कमाण्डमा खटिएको प्रहरी टोलीले पोखरा स्थित उत्तमचोकबाट १५०० थान लागूऔषध सहित जोन भनिने गोविन्द थापालाई पक्राउ गर्न सफल भयो । सो क्रममा गोली नै चलाउनुपरेको थियो । प्रहरी समेत घाईते भएका थिए । घुँडामुनि गोली लागेका थापाको उपचार भइरहेको छ ।

तस्विरः प्रत्यक्षदर्शी
http://gandaknews.com/ganesh-thapa-pokhara-uttamchok-update/
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो