वैज्ञानिकहरुले साइवेरियाको बर्फिली पहाडमा ४० हजार वर्ष पुरानो ब्वाँसाेको टाउको फेला पारेका छन् । उनीहरुले फेला परेको ब्वाँसाेको टाउकोमा कपाल र दाँतका साथै दिमागसमेत सुरक्षित रहेको बताएका छन् ।
वैज्ञानिकहरुले भनेका छन्, ‘ब्वाँसाेको यो शिर ४० हजार वर्ष पुरानो हो । यो शिर १६ इन्च लामो रहेको छ ।’ जुन आजभोलि हुने ब्वाँसाेको टाउकोको आकारभन्दा करिब दुई गुणा बढी हो । ब्वाँसाेको टाउको वैज्ञानिक पावेल एफिमोवले पत्ता लगाएका थिए ।
ब्वाँसाेको टाउकोमा गहिरो चोट लागेको देख्न सकिने भएकाले कुनै जनावरको आक्रमणमा परी ब्वाँसाेको मृत्यु भएको वैज्ञानिकहरुले जनाएको छ । किन भने रुसमा मानव जातिको बसाइ ३२ हजारअघि नभएको उनीहरुले पुष्टि गरेका छन् ।
रुसी वैज्ञानिक डाक्टर एल्बर्ट प्रोतोपोपोवका अनुसार फेला परेको ब्वाँसाेको टाउकोको धेरै भागमा चोट लागेको छ । उनले भनेका छन्, ‘फेला परेको ब्वाँसाेको टाउको र अहिलेको ब्वाँसाेको टाउकोसँग तुलना गरी अध्ययन गरिन्छ । यसबाट पुष्टि हुन्छ कि हजारौँ वर्ष पहिलासँग के भिन्नता रहेको छ ।’
सम्बन्धित खबर
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग