एजेन्सी : हाम्रो छिमेकी मुलुक भारतमा हरेक दिन नयाँ र फरक घटनाहरु भइरहेका हुन्छन् । यो बिचमा उत्तर प्रदेशस्थित कानपूर जिल्लामा अधबैंसे दुलाहा (बेहुला) लाई देखेपछि दुलही (बेहुली) ले विवाह गर्न अस्विकार गरेको खबर आएको छ । भारतीय मिडियाका अनुसार दुलहीले दुलहातर्फ माला फ्याँक्दै चिच्याउँदै भनिन्, ‘ममाथि धोका भएको छ ।’
समाचार अनुसार दुलहीको यस्तो व्यवहार देखेपछि त्यहाँ उपस्थित पाहुना, जन्ती अचम्मित भए । त्यतिबेला आमाले छोरीलाई ठूलो दबाब दिइन् तर उनले मानिनन् । रिपोर्टका अनुसार निकै सम्झाएपछि पनि जब छोरी मानिनन् तब दुलहीकी आमा नै दुलहासँग आगरा गइन् ।
१७ वर्षीया दुलहीले यसै वर्ष १२ कक्षाको परीक्षा दिएकी छिन् । ती युवतीकी आमाले आगरामा बस्ने आफ्नी काकीकी नन्दका छोरासँग उनको सम्बन्ध तय गरेकी थिइन् । मार्च १० तारिखको बेलुकी आगराबाट दुलाहा जन्ती लिएर दुलहीको घर पुगे । जब दुहली वरमाला लिएर स्टेजमा पुगिन् तब दुलहालाई देखेर भड्किइन् ।
ती युवती आफूमाथि धोका भएको भन्दै चिच्याउन थालिन् । परिवारले के कारणले विवाह गर्न नखोजेको भनेर सोध्दा उनले ‘जस्तोसुकै स्थिती भएपनि म यो बुढासँग केटासँग विवाह गर्दिनँ’ भन्दै रुन थालिन् । दुलहीले विवाह अघि जुन केटाको तस्वीर देखाइएको थियो त्यो उनी नभएको बताइन् ।
छोरीले दुलाहा अस्विकार गरेपछि भोलिपल्ट बिहान, जे भयो त्यो थप चकित पारिदिने किसिमको भयो । जब छोरीलाई विवाहका लागि मनाउन सकिनन् तब आमा नै सबैलाई छोडेर आफैं दुलहासँग आगरा गइन् । बेहुलीका अनुसार तीन वर्षअघि उनको पिताको मृत्यु भएको थियो । उनका एक बहिनी र एक भाइ छन् । अहिले छोरी बिहे गर्न दुलाहा बनेर गएको केटासँग आमाले नै बिबाह गरेर घरजम गरिरहेकी छिन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु