पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सङ्गठन कमिटी कास्कीले पोखरा महानगरपालिकासहित जिल्लाका पाँच वटै स्थानीय तहका ७२ वडामा पार्टीको नेतृत्व चयन गरेको छ ।
पूर्व नेकपा एमाले र माओवादी केन्द्रका बीचमा केन्द्रमा पार्टी एकता भएर नेकपा गठन भएको १३ महीनापछि महानगर र चार वटा गाउँपालिकाका वडामा पार्टी अध्यक्ष र सचिव चयन गरिएको हो ।
महानगरमा ६०/४० तथा गाउँपालिकामा ५५/४५ को अनुपातमा भागबण्डाको आधारमा नेतृत्वको टुङ्गो लगाइएको छ । महानगरका ३३ वडामध्ये पूर्व एमालेले २० वडामा नेतृत्व गर्ने भएको छ भने पूर्व माओवादी केन्द्रले १३ वटा वडामा अध्यक्ष पाएको छ । अध्यक्ष र सचिव पूर्व फरक पार्टीबाट हुने गरी तोकिएको छ ।
त्यस्तै नौ वडा रहेको माछापुच्छ्रे गाउँपालिकाको पाँच वडामा पूर्व एमाले तथा चार वडामा पूर्व माओवादीले अध्यक्ष पाएको छ । मादीका १२ वडामा सात पूर्व एमाले तथा पाँच माओवादी, रुपामा चार पूर्व एमाले तथा तीन पूर्व माओवादी, अन्नपूर्णका ११ वडामा छ पूर्व एमाले र पाँच वडामा पूर्व माओवादीले नेतृत्व पाएको पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं संविधानसभाका सदस्य राजकाजी गुरुङले बताए ।
उनका अनुसार हिजो बसेको जिल्ला कमिटीको बैठकले सर्वसम्मत रुपमा वडाका अध्यक्ष तथा सचिवको नाम पारित गरी अनुमोदनका लागि प्रदेश कमिटीमा सिफारिस गरेको र प्रदेशबाट अनुमोदन भएलगत्तै केही दिनमा शपथ ग्रहण गराइने छ ।
वडाको नेतृत्व टुङ्गो लगाए पनि नेकपाले स्थानीय तहको नेतृत्व भने अझै निश्चित गर्न सकेको छैन । जिल्ला कमिटी सरहको हैसियत भएको पोखरा महानगर कमिटीको नेतृत्व पार्टी केन्द्रबाट तय गरेपछि मात्र स्थानीय तहको नेतृत्व निश्चित गरिने सो पार्टीले जनाएको छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो