विराटनगर-१२ मा घरदैलोमा सधैंझैं पाइजामा, सुरुवाल र स्टकोटको सामान्य ‘गेट अप’मा थिए लालबाबु पण्डित । मन्त्री बन्दा चर्चा बटुलेका नेतालाई घरदैलोमै भेट्दा मतदाताले पण्डितलाई जिज्ञासु नजरले हेर्छन्, उनका कुरा सुन्छन् ।
सांसद र मन्त्री हुँदा पण्डितले निर्वाचन क्षेत्रमा सकारात्मक भूमिका निर्वाह गरेको कतिपय मतदाताको प्रतिक्रिया थियो । लालबाबुलाई बृद्धबृद्धाको आशिर्वाद, बालबालिकाको माया, युवाको साथ छ ।

कस्तो भइरहेको छ, घरदैलो अभियान ?
समय थोरै भएकाले व्यवस्थापन गर्न गाह्रै छ । अन्तक्रिर्या र छलफलका लागि समय मिलाउन गाह्रो भइरहेको छ । राम्रो समर्थन पाइरहेको छु र उत्साह जागेको छ ।
सबै मतदातासमक्ष पुग्न भ्याइन्छ त ?
सकेसम्म धेरै मतदातामाझ पुग्छौं । प्रदेशका पनि उम्मेदवार हुनु भएकाले कतिपय ठाउँमा बाँडिन्छौं पनि । घरदैलो र भेटघाट एकसाथ अगाडि बढाएको छु ।

मतदाताको मनस्थिति कस्तो पाउनुभएको छ ?
धेरै वर्षपछि चुनावी मैदानमा उत्रिएको छु । विगतमा उम्मेदवार बनेकाहरुले केही काम नगरेकाले मतदातामा अविश्वास पाएको छु । केही मतदाता आशावादी पनि पाएको छु ।
मन्त्री हुँदा मैले गरेको कामबाट मतदाताको सकारात्मक दृष्टिकोण र सद्भाव पाएको छु ।

यो क्षेत्रका लागि तपाईंका एजेन्डाहरु के हुन् ?
राष्ट्रको समृद्धि र सुखी नेपाली । विराटनगरलाई प्रादेशिक राजधानी बनाउने । र, समृद्ध विराटनगर बनाउने मेरो योजना छ । विराटनगर र इटहरीलाई जोडेर बृहत्तर नगर बनाउने योजना पनि छ । औद्योगिक नगर भएकाले विराटनगरमा उद्योगको विकासमा पनि जोड दिने मेरो योजना छ ।

जित्नेमा कत्तिको आशावादी हुनुहुन्छ ?
चुनाव जित्नेमा पूर्ण आशावादी छु । मेरो क्षेत्रमा चुनावी प्रतिस्पर्धामा उत्रिएका कांग्रेस नेता डा. शेखर कोइरालालाई म ४५ सय मतान्तरले पराजित गर्छु भन्ने लागेको छ । सामान्य प्रशासन मन्त्री हुँदा मैले गरेका काम नै मेरो जितका आधार हुन् ।


आधिकारीक लिन्क
लालबाबु पण्डितको दाबीः शेखर कोइरालालाई ४५ सय मतान्तरले हराउँछु
सम्बन्धित खबर
गृह मन्त्रालयमा गरिमाका आमाबुबाको भिडियो खिचिएको रास्वपा महामन्त्रीकै आपत्ति
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
किस्तीमा राखेर आएको प्रधानमन्त्री पद त्याग गरेको व्यक्ति हुँ: रवि लामिछाने
प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे महेश बस्नेतको प्रश्न: ‘वास्तविक उद्देश्य के हो ?’
प्रधानमन्त्री बालेन मुस्ताङ पुगे
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै