लमजुङमा १९ हजार बढि गाँजाका बोट नष्ट

लमजुङमा १९ हजार बढि गाँजाका बोट नष्ट

ganja-fadani-750×375

श्यामशितल परियार, लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले जिल्लाका विभिन्न ठाउँमा गाँजा फडानी गरेको छ । लागुऔषध दुरुपयोग तथा ओसारपोसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित सप्ताहव्यापी नियन्त्रण तथा जनचेतना मुलक कार्यक्रमको अवसरमा शनिबार जिल्लाका विभिन्न १७ स्थानमा गरी १९ हजार ६ सय ३४ गाँजाको बोट फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक वसन्त पाण्डेले जानकारी दिए ।

उनका अनुसार जिल्लाको अर्चलवोट, ऐसेलुचौर, मियाँगाउँ, भागिरथि, ठूलोश्वाँरा, भलायखर्क, प्यारजुङ, भुजेलगाँउ, गैरीश्वाँरा, स्वामीभञ्ज्याङ, सूर्यपाल, गिलुङ, बोहोरावेसी, दिङ्दिङ, तपु, चिसंकु लगायतका स्थानमा स्थानीय प्रहरीको सक्रियताका साथै स्थानीय सरोकारवालाको सहयोगमा गाँजा फडानी गरी नष्ट गरिएको हो । गाँजा फडानीका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पाण्डेको कमाण्डमा १७ प्रहरीको टोली खटिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ