मुलुककै जेठो अस्पताल वीर अस्पतालको इमर्जेन्सी वार्डमा एक पुरुष बेडमा त पल्टिएका छन् तर उनको हेरचाह छैन । सामान्य सरसफाई समेत नभएको अवस्थामा उनको उपचार त परको कुरा ।
घर सोधमा रामेछाप भन्छन् । उनलाई कसले हस्पिटलमा भर्ना गरेर फर्किए ? अत्तोपत्तो छैन । दिशापिशाव एकै ठाउँमा छ । शरीरममा वस्त्र छैन । दुर्गानाथ दाहाल मानव अधिकार कर्मि तथा सामाजिक अभियन्ताको फेसबुक वालबाट लिईएको यो भिडीयो र तस्बिर साथै उनकै जानकारी अनुसार यो संदेश सामग्री यहाँ साभार गरिएको छ ।

उनको फेसबुक स्टाटस यस्तो छ ।
हेर्नुस नेपालको जेठो बिर हस्पिटको दुरदसा परिवार खोजि गरौ
एमेर्जेनसिमा रामेछाप घर बताउने एक जना बेवारिसे ब्यत्ति हस्पिटलमा बेवारिसे ब्यतिको सरसफई सहयोग गर्ने कर्मचारि छन अरे तर कताछन हामिले दया लागेर सरसफाई गर्न खोजिम तर एमेजेसिमा भएको डक्टरले हजुर हरुको यो काम हैन भनुभो तातो पानिको नभएकाले पनि आट गर्न सकेनौ धेरै दिन देखि खान नपाएका उनि हामिले केखाने भन्दा चिया बिस्कुट खाने भनुभो अनि चिया बिस्कुट दियौ तातो चिया एक चोटिमा खानुभो फेरि चिया लेराएर खुवायौ आज पनि यि दाजुलाई कपडा लिएर भेट्न जादै छु. परिवार आफन्त खोजिको लागि #सियर #गरेर #सहयोग #गरौ.
9851059892 दुर्गानाथ दाहाल मानव अधिकार कर्मि तथा सामाजिक अभियन्ता.
https://www.facebook.com/durganath.dahal/videos/2047934978774361/

को होलान् यिनी ? हस्पिटलमा फालेर गएपछि हस्पिटलले उपचार गरिहाल्छन् नि भन्ने मानसिकताले हुन सक्छ तर उनले हस्पिटलमा उपचार र खाना त परै जाओस् राम्ररी सुत्न समेत पाएका छैनन् ।

सम्बन्धित खबर
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा