एजेन्सी : सन् २०१५ मा सिरियाली बालक एलन कुर्दीको तस्बिर सायद तपाईंलाई याद छ होला । समुन्द्रको किनारामा घोप्टो अवस्थामा तैरिरहेको बच्चाको शव देखेर पूरा संसार रोएको थियो । अब चार वर्षपछि अमेरिकाबाट यस्तै तस्बिर सार्वजनिक भएको छ । यो तस्बिरमा एक शरणार्थी पिता र उनको टिसर्टमा बेरिएकी उनकी छोरीको शव छ जसले एकपटक पुनः सोसल मिडियामा तहल्का मच्चाएको छ ।
सेन्ट्रल अमेरिका नजिकै एउटा देश एल साल्भेडरमा बस्ने अस्कर एलबेर्तो मारटिनेज र्यामिरेज र उनकी छोरी वलेरियाको यो तस्बिर एक मेक्सिकेली पत्रिकाले छापेको हो । पहिलो पृष्ठमा छापिएको यो तस्बिर मंगलबारको संस्करणमा छापिएको हो जुन बुधबारसम्म संसारभरी फैलियो । घाँसै घाँस भएको एक नदी किनारामा अस्करसँग उनकी छोरी टाँस्सिएकी छिन् । यो अमेरिकी–मेक्सिकन बोर्डर नजिकैको रियो ग्रान्डको हो ।
पत्रिकाको खबर अनुसार र्यामिरेज पछिल्लो लामो समयदेखि आफ्नो परिवारसँग अमेरिका प्रवेश गर्ने कोसिस गरिरहेका थिए । तर उनी असफल रहे । यसै कारण उनी तनावमा थिए । उनी अमेरिकामा बस्न चाहन्थे त्यसकारण त्यहाँ शरण मागिरहेका थिए ।
आइतबार जब उनी नदी पार गरिरहेका थिए तब केही बेरका लागि किनारामा बसेर आफ्नी श्रीमतीलाई प्रतिक्षा गरे । तर त्यति नै बेला उनकी छोरी वेलेरिया पानीमा खसिन् । उनलाई बचाउनका लागि उनी पनि हाम फाले ।
छोरीलाई बचाउनका लागि उनी बगिरहे । जब छोरीलाई समात्न सफल भए तब उनी यस्तो स्थानमा पुगिसकेका थिए जहाँबाट बाहिर निस्कन मुश्किल थियो । यसैकारण उनी छोरी र आफूलाई बचाउन सकेनन् ।
स्मरण रहोस्, सोनोरामको मरुभूमीदेखि रियो ग्रान्डसम्म फैलिएको अमेरिकी–मेक्सिको सीमामा पछिल्लो थुप्रै समयदेखि हज्जारौं शरणार्थी छन् । गत वर्ष यहाँ करिब २८३ शरणार्थीको मृत्यु भएको थियो ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु