पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरालाई लागुऔषध, यौन व्यवसाय र गुण्डागर्दीले बदनाम बनाएको तर्क गरेका छन् । बुधबार लागूऔषध दुरुपयोग तथा अवैध ओसारपोसार विरुद्धको अन्तराष्ट्रिय दिवस २०१९ को सप्ताह व्यापी कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो तर्क गरेका हुन् ।
‘लागुऔषधको दुर्व्यसनी को रुपमा चिनिन्छि पोखरा, यौन व्यवसायीको रुपमा चिनिन्छि पोखरा र धेरै नै गुण्डागर्दी हुने शहरको रुपमा चिनिन्छ पोखरा अब यसलाई यो वदनामबाट हामीले कसरी हाम्रो प्रदेशलाई सभ्य बनाउने त्यस तर्फ हामी सबै लाग्नु पर्छ’ गुरुङले भने ।
पटकपटक कास्की प्रहरीले युवायुवतीहरुलाई विभिन्न होटलबाट अनैतिक क्रियाकलाप गरिरहेको समयमा पक्राउ गरेको बताउँदै मुख्य मन्त्री गुरुङले त्यसलाई नियन्त्रण गर्न हरेक अभिभावक सचेत हुनुपर्ने प्रष्टाए ।
‘साथीको बर्थ डे मनाउने भन्दै घरबाट हिँडेका आफ्ना नानीहरुलाई कोही पनि अभिभावकहरुले रात भरी नछोड्नुहोस’ उनले सुझाव दिँदै भने, ‘उनीहरु आफ्ना कस्ता साथीहरुसंग राती बर्थ डेको नाममा होटलमा अनैतिक क्रियाकलापमा संलग्न भएका हुन्छन् । अनि भोलिपल्ट होसमा आए पछि उल्टै बलत्कारको केस गर्ने गर्छन् । यसले बिकृती मौलाउँदै गएको छ ।’
सम्बन्धित खबर
कैदी बन्दी न्यायिक सरोकारमा नल बहादुर मनोनित
बागलुङ कालिका दर्शन गरी तनहुँ फर्कँदै गर्दा पोखराको हेम्जामा बस दुर्घटना
लेकसाइडमा स्कुटरलाई ठक्कर दिएर भागेका कुशल पक्राउ
गण्डकी प्रहरी प्रमुख बनिन् डीआईजी दुर्गा
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
गण्डकीमा डायलासिस सेवाको प्रतिक्षामा रहेकाको संख्या शून्यमा झार्ने लक्ष्य पूरा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग