गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
जाम्बियाका पूर्व राष्ट्रपति याया जामेहले सुन्दर युवती देख्यो कि यौन सम्पर्कको प्रयास गरिहाल्थे । मन परेकोलाई कुनै पनि हालतमा शारीरिक सुख प्राप्तिका लागि आफू बस्ने भवनमा ल्याइछाड्थे । त्यसका लागि साम, दाम, दण्ड भेदको रणनीति चाल्थे । उनको मन खाएकालाई ल्याउन विश्वासपात्रसमेत राखेका थिए । उनीहरुले फकाएर भएपनि जामेहसम्म ल्याइपु¥याउँथे ।
जामेहलाई एकपटक १८ वर्षीया विद्यार्थी तोफा ज्याले मन पर्यो । सन् २०१४ को सुन्दरी प्रतियोगिताको विजेता समेत रहेकी उनीसँग यौन सम्पर्क गर्न खोजे । किशोरीलाई पैसा र पावर देखाएर फकाउन खोजे । विवाह गर्छु सम्म भने । तर, किशोरी मानिन् ।
अन्तमाः जामेहले आफ्ना सहयोगीमार्फत् धार्मिक कार्यक्रममा भन्दै बोलाएर कोठामा बन्द गर्न लगाए । डर धम्की देखाएर औषधीले लठ्ठ बनाएर बलात्कार गरे । उक्त घटनापछि किशोरी भागेर सेनेगल बस्न थालिन् ।
जामेहले बलात्कार गरेका महिलाहरुको उजूरी धमाधम बढेको छ । सत्तामा रहँदा उनले गरेको कर्तुतको भणफोर भइरहेको छ । उनीमाथि कारबाहीका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा दबाब बढेको छ । मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले जामेहमाथि कारबाहीमा जोड दिइसकेको छ ।
जामेहले जुन बेला चाह्यो युवतीहरु त्यही समयमा उपस्थित भइसक्नुपथ्र्यो । उनले चाहेको युवतीसँग यौन सम्पर्क गर्थे । उपहार दिएर, परिवारलाई सहयोग गरेर या विदेशमा अध्ययनका लागि पठाउने लालचा देखाएर लोभ्याउँथे ।
उनले यौन सम्पर्कका लागि रोजेका युवतीहरु निवास नजिकैको घरमा राख्थे । उनको निर्देशन बमोजिम कर्त जान पाउँदैनथिए । यौन सम्पर्क गर्न नदिए त्रास देखाउने र कुटपिट गर्ने सम्म गर्थे । चाहेको बखत डाकेर यौन सम्पर्क गर्थे ।
जामेहको विगतका कर्तुतहरुबारे धेरै महिलाले उजूरी दिइसकेका छन् । उनी चुनाव हारेर देशबाट भागेपछि तथ्य खोलेका छन् । ह्युमन राइट्सक वाच र स्वीस एनजीओ ट्रायलले तीन महिलाले उनी सन् १९९६ देखि २०१७ सम्म सत्तामा हुँदा बलात्कार र यौन दुव्र्यवहार गरेको उल्लेख गरेका छन् ।
सन् २०१६ को चुनावमा पराजित भएपछि जामेह देश छाड्न वाध्य भए । इक्वेटरियल गिनीमा निर्वासित भए । उनीमाथि भ्रष्टाचार, निर्मम यातनालगायतको अभियोग थियो । यसपटक यौनकान्डमा समेत मुछिए ।reportersnepal















सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो