पोखरा । पोखरा महानगरभित्रका कांग्रेसनिकट जनप्रतिनिधिहरु आन्दोलित भएका छन् । महानगरले पाँचौ नगरसभामा प्रस्तुत गरेको रेडबुक र महानगरका मेयरको अभिव्यक्ति सच्याउनु पर्ने माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले बिहीबार महानगरपालिकाको मुलगेटमै ताला लगाएका छन् । बुधबारको बैठकमा कांग्रेसनिकट वडाध्यक्षले बजेट विनियोजन असमान भएको भन्दै रेडबुक च्यातेका थिए । कांग्रेसको विरोधकैबीच महानगरको बजेट बहुमतले पारित भइसकेको छ । तर महानगरले प्रस्तुत गरेको रेडबुक छलफल नै नभई पारित गरिएको पोखरा–९ का वडाध्यक्ष रामराज लामिछानको भनाई छ । पछि छलफल नै नभई पारित गरिएको भनेर कुरा राख्दा मेयर जीसीबाट धम्कीपूर्ण अभिव्यक्ति आएको लामिछाने बताउँछन् ।
महानगरले ल्याएको बजेट समानुपातिक नभई भेदभावपूर्ण रहेको लामिछानले आरोप लगाए । रेडबुकबारे छलफलका लागि कुरा राख्न समय नदिएको भन्दै आक्रोशित वडा-४ का अध्यक्ष शंकर बास्तोलाले कुर्ची र सोफा फाल्नुका साथै नगरसभामा राखिएको एअर कुलरसमेत लडाएका थिए । यता महानगरपालिकाले भने बजेटमा कुनै विभेद नगरिएको बताएको छ ।
महानगरका मेयर मानबहादुर जिसीले बजेट समानुपातिक भएको बताएका हुन् । आन्दोलित भएपनि कार्यालयको दैनिक कामकाज प्रभावित नहुने लामिछानेले स्पष्ट पारे । आफ्ना माग पूरा नभए आन्दोलन चर्काएर लैजाने उनको भनाई छ । महानगरले गएको मंगलबार ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको थियो । बजेटको ३६ प्रतिशत रकम भौतिक पूर्वाधार निर्माणमा केन्द्रित छ । १ सय ७० सदस्य रहेको पोखराको नगरसभामा ४८ जना सदस्य कांग्रेसका छन् भने बाँकी सबै नेकपाका सदस्य छन् ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’