पोखरा । पोखरा महानगरभित्रका कांग्रेसनिकट जनप्रतिनिधिहरु आन्दोलित भएका छन् । महानगरले पाँचौ नगरसभामा प्रस्तुत गरेको रेडबुक र महानगरका मेयरको अभिव्यक्ति सच्याउनु पर्ने माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले बिहीबार महानगरपालिकाको मुलगेटमै ताला लगाएका छन् । बुधबारको बैठकमा कांग्रेसनिकट वडाध्यक्षले बजेट विनियोजन असमान भएको भन्दै रेडबुक च्यातेका थिए । कांग्रेसको विरोधकैबीच महानगरको बजेट बहुमतले पारित भइसकेको छ । तर महानगरले प्रस्तुत गरेको रेडबुक छलफल नै नभई पारित गरिएको पोखरा–९ का वडाध्यक्ष रामराज लामिछानको भनाई छ । पछि छलफल नै नभई पारित गरिएको भनेर कुरा राख्दा मेयर जीसीबाट धम्कीपूर्ण अभिव्यक्ति आएको लामिछाने बताउँछन् ।
महानगरले ल्याएको बजेट समानुपातिक नभई भेदभावपूर्ण रहेको लामिछानले आरोप लगाए । रेडबुकबारे छलफलका लागि कुरा राख्न समय नदिएको भन्दै आक्रोशित वडा-४ का अध्यक्ष शंकर बास्तोलाले कुर्ची र सोफा फाल्नुका साथै नगरसभामा राखिएको एअर कुलरसमेत लडाएका थिए । यता महानगरपालिकाले भने बजेटमा कुनै विभेद नगरिएको बताएको छ ।
महानगरका मेयर मानबहादुर जिसीले बजेट समानुपातिक भएको बताएका हुन् । आन्दोलित भएपनि कार्यालयको दैनिक कामकाज प्रभावित नहुने लामिछानेले स्पष्ट पारे । आफ्ना माग पूरा नभए आन्दोलन चर्काएर लैजाने उनको भनाई छ । महानगरले गएको मंगलबार ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको थियो । बजेटको ३६ प्रतिशत रकम भौतिक पूर्वाधार निर्माणमा केन्द्रित छ । १ सय ७० सदस्य रहेको पोखराको नगरसभामा ४८ जना सदस्य कांग्रेसका छन् भने बाँकी सबै नेकपाका सदस्य छन् ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो