कास्की – पोखरा महानगरपालिकाको मूल गेटमा कांग्रेसबाट निर्वाचित वडाध्यक्षलगायतका जनप्रतिनिधिहरुले लगाएको ताला खुलेको छ ।महानगरपालिकाका नेतृत्व र असन्तुष्ट जनप्रतिनिधिबीच वार्ता भई वडागत रुपमा अत्यावश्यक योजनाहरुलाई थपघट गर्न सकिने सहमति भएपछि ताला खुलेको हो ।
वार्ता भई सहमति नभएको भए आजदेखि महानगरको काम ठप्प पारिदिने चेतावनी कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले दिएका थिए ।महानगरपालिकाले आज बिहान पत्रकार सम्मेलन गरी छलफलबाटै समस्या समाधान गर्न आफूहरु तयार रहेको बताउँदै असन्तुष्ट पक्षलाई वार्तामा आउन आह्वान गरेको थियो ।
असन्तुष्ट पक्षले आज पनि तालाबन्दी गरी प्रदर्शनको तयारी गरिरहँदा नगरपालिकाका प्रमुख मानबहादुर आफै गेटमा पुगी ‘ताला खोल्नुस् जाऔं भित्र गएर वार्ता गरौं’ भनेर आग्रह गरेपछि वार्ता सुरु भएको थियो ।
वार्तामा असन्तुष्ट पक्षले राखेका कुरामा छलफल भई यस अघि भएका सम्पूर्ण कुराहरु बिर्सने र नमिलेका कुरालाई वडाबाट सिफारिस गरी पठाउने सहमति भएको थियो ।
खासगरी वडाबाट सिफारिस भई आएका योजनाहरुलाई वेवास्ता गरी आफूखुशी बजेट किताबमा योजना समावेश गरेको, बजेटलाई अबण्डा राखी आफूखुसी वितरण गर्ने तयारी गरेको, कांग्रेसले जितेका वडामा कम बजेट दिएको आरोप असन्तुष्ट पक्षले लगाएका थिए ।
महानगरपालिकाले आगामी वर्षका लागि ल्याएको बजेट बहुमतले पारित गरेपछि कांग्रेस पक्षका जनप्रतिनिधहरुले नगरसभा स्थल पोखरा सभागृहमा नै बजेट किताब च्यातेपछि दुई दिनअघि भनाभनको अवस्था सिर्जना भएको थियो । त्यसैको विरोधमा हिजो दिनभर गेटमा तालाबन्दी गरी प्रदर्शन गरिएको थियो ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो