अश्विन दानी, पोखरा । स्थानीय तह सञ्चालनमा आएदेखि हालसम्म पोखरा महानगरपालिकाको ७ वटा वडा कार्यालयमा चोरी भईसकेको छ । हिजो (शुक्रबार) पनि पोखरा महानगरपालिकाको वडा नम्बर २५ को कार्यालयमा चोरी भयो ।
एकपछि अर्को गरी हालसम्म महानगरपालिकाका ५, १३, १४, १५ , १६, ३१ र २५ को वडा कार्यालयहरु चोरी भईसकेका छन् । सरोकारवालाका अनुसार हालसम्म चोरी भएका सबै वडा कार्यालयबाट ल्यापटप र कम्प्युटर अनिवार्य चोरी भएको छ । बारम्बार वडा कार्यालयबाट कप्युटरहरु चोरी भइराख्नुले सर्वसाधरणमा पोखरा महानगरपालिकाका वडा कार्यालयको कम्प्युटरमा के छ ? जसका कारण बारम्बार चोरले चोरी गरिरहेका छन् भन्ने प्रश्न उब्जाएको छ ।
‘हिजो कार्यालय राम्रमी बन्द गरेका गएका थियौँ । बिहान एउटा कार्यक्रम थियो त्यसैले करिब ७ बजे वडा कार्यालय आईपुगेर हेरेको झ्याल, ढोकाहरु फुटाइएको थियो’ पोखरा महानगरपालिकाका वडा अध्यक्ष शोभाकर तिम्सीनाले गण्डक न्यूजसँग भने, ‘भित्र गएर हेर्दा दुई वटा कम्प्युटर सेट, एउटा सीपीयू चोरी भएको रहेछ ।’
बिगतमा पनि महानगरपालिकाको अन्य कार्यालयमा चोरी भएको केही घटना सुनाउँदै वडा अध्यक्ष तिम्सीनाले भने, ‘चोर तालिम प्राप्त जस्तै छ । ढोका फुटाउन नसक्ने ठाउँमा झ्याल नै खोलेर कोठामा पसेको रहेछ । कोठामा टेबुल, कुर्सी, दराजहरु पनि फुटाएर गएछन् ।’
बिगतदेखि नै पोखरा महानगरपालिकाको वडा कार्यालय चोर्ने एउटै समूह हुनसक्ने उनले आशंका गरे । ‘अहिलेसम्म पोखराका ७ वटा वडा कार्यालय चोरी भयो । आज यहाँ पनि हामीले खबर गर्ने बित्तिकै प्रहरी टोली आएका थिए । तर, चोरले कुनै प्रमाण छाडेको छैन भन्नुभयो ।’
‘पत्ता लागेन कुनै वडामा चोर्ने चोर, के गर्दैछ कास्की प्रहरी ?’
हालसम्म पोखरा महानगरपालिकाका ७ वटा वडा कार्यालय चोरी भयो तर कास्की प्रहरीले कुनै पनि वडा कार्यालय चोर्ने ब्यक्ति पत्ता लगाउन सकेको छैन ।
‘बिगतमा पनि यहाँका वडा कार्यालयहरु चोरी भएका रहेछन् । आज राति (शुक्रबार राति) पनि वडा नम्बर २५ मा चोरी भएको छ’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक गणेस सुबेदीले भने, ‘हामीले यस घटनालाई गम्भिर रुपमा लिएका छौँ । घटनाको बारे हामीले थप अनुसन्धान गरीरहेका छौँ ।’
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो