पोखरामा फेसबुकमा केटीका विषयमा गरिएको च्याटका कारण १५, १६ वर्षका टिनएजर केटाहरु ग्याङ फाइटमै उत्रिएका छन् । आज सोमबार दिउँसो पोखराको बगर स्थित नयाँगल्ली भन्ने स्थानमा एक समूहले अर्को समूहलाई खुकुरीले आक्रमण गर्दा एक जनाको टाउकोमा चोट लागेको छ भने अर्काको औंलो नै काटिएको प्रहरीले जानकारी दिएको छ ।
पोखराको कास्कीकोट घर भई बागलुङ बसपार्क बस्ने १६ वर्षीय विपिन सुवेदी र बगरका १६ वर्षकै विजय तामाङको बीचमा फेसबुकमा रहेको केटीको विषयमा चर्काचर्की भएको थियो । पछि एक्कासी खुकुरी नै प्रहार भएको बताईन्छ ।
सोमबार दिउँसो १ बजेतिर विपिनको समूहले विजयको समूहमाथि खुकुरी प्रहार गरेको हो । विजयको टाउकोमा चोट लागेको छ । विपिन समूहका १७ वर्षीय लोप्चन राइको औंला काटिएको हो । विपिन ग्याङमा लोप्चन सहित १६ वर्षकै दिपेश सेन्चूरी, १७ वर्षका निकेश पुन, भुवन मगर थिए । विजय ग्याङमा बगरकै १५ वर्षीय विकास तामाङ, अधेरीकुना बस्ने १७ वर्षका राजन शर्मा र मिरुवाका १७ वर्षीकै मिन भण्डारी छन् ।
घटनापछि दुवै समूहलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक दिपक बहादुर थापाले जानकारी दिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु