कास्की प्रहरीले भेटिएका मोबाइल तथा सवारीसाधन १५ दिनमै धनीलाई बुझाउने भएको छ । हराएका तथा चोरी भएका मोबाइल, मोटरसाइकल तथा स्कुटर प्रहरी समक्ष आईपुगेकोमा जिल्ला प्रहरी कार्यालय कास्कीले सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको थियो । सोहि अवसरमा कार्यालयका प्रमुख एसपी दानबहादुर कार्कीले अबदेखि हरेक महिनाको १ गते र १५ गते त्यस्ता सामग्रीहरु धनीलाई बुझाउने जानकारी गराए ।
मोबाइल वा मोटरसाइकल स्कुटर हराएपछि प्रहरीलाई खबर गरिन्छ र प्रहरीले कस्तो तबरले खोजी गर्छ भन्ने कुरा कतिपय सर्वसाधारणलाई थाहा नभएको भन्दै उनले सर्वसाधारण माझ जानकारी गराउन पनि मिति तय गरेर काम गर्न लागेको एसपी कार्कीले उल्लेख गरे। सो अवसरमा विभिन्न १० थान मोबाइल सम्बन्धितलाई हस्तान्तरण गरियो ।

डम्प भएर थन्किएका सवारी सम्बन्धितलाई दिइने
एसपी कार्कीले प्रहरी कार्यालयहरुमा मोटरसाइकल स्कुटर जस्ता सवारीसाधनहरु डम्प भएर बसेको जनाउँदै त्यस्ता सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरिने बताए । ईञ्जिन, च्यासिस नम्बर, कागजपत्रका आधारमा धनीहरु पत्ता लगाएर हस्तान्तरण गर्ने उनको भनाई थियो । कार्यक्रममा हराएका स्कुटर र मोटरसाइकल फेला परेकोमा सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको थियो । अनुसन्धान टोलीले फेला पारेका १० वटा मोबाइल, ४ वटा मोटरसाइकल र २ वटा स्कुटर आइतबार हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।

अदालतसँगको समन्वयमा लागूऔषध सार्वजनिक रुपमा नष्ट गरिने
एसपी कार्कीले अदालतसँग समन्वय गरेर बरामद लागूऔषध सार्वजनिक रुपमा नष्ट गरिने बताए । अहिले अदालतले लागूऔषध नष्ट गर्दै आएकोमा अदालतसँग समन्वय गरेर छिट्टै सो कार्यको सुरुवात गर्ने एसपी कार्कीले बताए । लागुऔषध बरामद चाहिँ गर्ने, त्यसको समाचार आउने तर त्यो प्रहरीले के गर्छ भन्ने जनमानसको कौतुहलता रहेकाले पनि त्यस्तो लागूऔषध सार्वजनिक रुपमा नष्ट गर्ने सोच बनाएको उनले बताए ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो