नेपाल खेलकुद पत्रकार मञ्चले काठमाण्डौमा आयोजना गरेको १६ औं संस्करणको बजाज पल्सर स्पोर्टस् अवार्ड २०७५ मा प्याराग्लाइडिङका युकेश गुरुङ वर्ष उत्कृष्ट खेलाडी बनेका छन् ।
पोखराका १८ वर्षिय युवा खेलाडी यूकेश हालैमात्र सम्पन्न पोखरा स्पोर्टस् अवार्डमा पनि उत्कृष्ट खेलाडी बन्दै मोटरसाइकल जितेका थिए । १८ औं एशियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङको क्रस कन्ट्रि तर्फ महत्वपूर्ण रजत पदक जित्दा युकेश टिमका सदस्य थिए । उनले रजत पदक जिताउन सर्वाधिक अंक बटुलेका थिए । एशियाडमा एक मात्र पदक प्याराग्लाइडिङले जितेको थियो ।
यूकेशले नेपालका चर्चित खेलाडीहरुलाई पछि पार्दै उक्त अर्वाड संगै बजाज पल्सर बाइक हात पारेका छन् । उनको प्रतिष्पर्धामा क्रिकेटका पारस खड्का र सोमपाल कामी, गल्फका शुक्रबहादुर राई, जुडोका इन्द्र बहादुर श्रेष्ठ रहेका थिए ।
मंगलबार सम्पन्न स्पोर्टस अर्वाडमा प्याराग्लाईडिङका प्रशिक्षक योगेश भट्टराईले उत्कृष्ट प्रशिक्षकको अर्वाड हात पार्दा नेपाली प्याराग्लाइडिङ टिमले खेल मार्फत नेपालको प्रतिष्ठालाई माथी उठाउन खेलेको भूमिका र एशियाली खेलमा महत्वपूर्ण रजत पदक जिताउन सफल रहेको भन्दै टिमलाई सम्मान गरिएको छ ।

यसैगरी, महिला वर्ष उत्कृष्ट खेलाडीको अर्वार्ड महिला फुटबलकी साबित्री भण्डारीले जित्न सफल भएकी छन् । उनले देश विदेशमा उत्कृष्ट प्रदशृनका साथ आफूलाई अब्बल सावित गरिसकेकी छिन् । यसैगरी, वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड अजित कुमार यादवले हात पार्दा पिपुल्स च्वाइसको अर्वाड भलिबलकी रेश्मा भण्डारीले हात पारेकी छन् ।
तस्विर: सुदर्शन रञ्जित
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला