पोखराका ट्याक्सी चालक हुन् सुरेश नेपाली। पोखरा भद्रकाली शाखामा आवद्व रहेर संचालन हुँदै आएको उनको ग१ज ३५७१ नं.को ट्याक्सीमा विहीवार राति कसैले सुनको ५ तोलाको रानीहार छोड्यो।
भोलिपल्ट साँझ ट्याक्सी सफा गर्नेक्रममा सिटमा च्यापिएको अवस्थामा उनले सो रानीहार भेट्टाए। सक्कली वा नक्कली ठम्याउन सकेनन् । श्रीमतीलाई सोध्ने निर्णय लिँदै यात्रु बोकेर फेरि काहुँ र लेकसाइडतर्फ हुइँकिए। ‘राति घर पुगेर श्रीमतीलाई देखाएपछि रानीहार सुनकै भन्ने टुंगो लाग्यो, ’ सुरेशले भने, ‘त्यसपछि यसबारे चालकहरुलाई जानकारी दिँदै कसैले खोजे सम्पर्क गरीदिन आग्रह गर्न थालें। ’
गण्डकी ट्याक्सी व्यवसाय पब्लिक लि.का कार्यकारी प्रमुख पूर्ण जिसीलाई उनले शुक्रवार राति नै घटनाबारे जानकारी दिए। दुवैको सल्लाह भयो, शनिवार बिहान रानीहार लिएर जिल्ला प्रहरी कार्यालय कास्की जाने। संयोग नै मान्नुपर्छ। रानीहार भेट्टिएको विषय चालकबीच चल्न थालेपछि हराउने परिवारका सदस्यले पनि थाहा पाए। पाउने र हराउने परिवारको प्रहरी कार्यालयमै शनिवार बिहान भेट भयो। सो रानीहार पोखरा–८, सिमलचौर निवासी अर्जुन शर्माकी श्रीमती सुरक्षाको थियो।
प्रहरी नायव उपरीक्षक राजकुमार केसीको रोहवरमा सुरेशले सो रानीहार अर्जुन शर्मालाई बुझाए। शर्मा रिजनल हस्पिटलका मेनेजर पनि हुन्। हराएको रानीहार एक्कासी पाउँदा शर्मा खुसी भए। अनी उनले सुरेशको इमान्दारिताको कदर गर्दै केही नगद र खादा लगाएर सम्मान गरे।
तीन लाख मूल्य बढीको गहना हराएपछि शर्माले पनि त्यसको खोजी नगर्ने कुरै भएन। ‘मैले पनि खोजिको प्रयास गरिरहेको थिएँ तर यत्ति सजिलै पाइएला भन्ने लागेको थिएन, ’ उनले भने, ‘उनले (सुरेशले) उदाहणीय काम गरेका छन्, चालकको इमान्दारिताबाट सबैले सिक्नुपर्छ। ’
विहीवार राति शर्मा दम्पत्तिसहित २ बालबच्चा र बुबा डिल्लीप्रसाद शर्माले सृजनाचोकको रवि महलदेखि सिमलचौर पुग्न सो ट्याक्सी प्रयोग गरेका थिए।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन