पोखराकाे विजयपुर खोलामा बाढी आउँदा सवारी डाइभर्सनमा राखिएका ह्युम पाइप बगाएकाे छ । पाेखरा महानगरपालिका वडा नं. २६ र १४ लाई जोड्ने पृथ्वीराजमार्ग अन्तर्गत पक्की पुल कमजाेर कमजाेर भएपछि१० टनभन्दा माथिका लाेड बाेक्ने मालवाहक सवारीकाे लागि डाइभर्सन बनाइएकाे थियाे । साेमबार रातिकाे बाढीले भत्काएपछि मालबाहक सवारी साधानहरुको आवागमन ठप्प भएको हो ।
विजयपुर पुल जीर्ण हुँदा १० टनमाथि भार भएका सवारीलाई सोही ठाउँबाट आवतजावत गराउँदै आइएको थियो ।अहिले पोखरा भित्रने र बाहिरने सयौं ट्रकहरु अलपत्र परेका छन् ।
बाढीले गर्दा यसअघि चर्किएर जाेखिमयुक्त बनेकाे विजयपुरकाे पक्की पुलमा लगाएकाे फलामकाे सपाेर्ट समेत समेत बगाएकाे छ । जसका कारण साे पुलबाट सवारी आवागमन प्रभावित हुने भएकाे छ । बढी लाेडका बसहरू समेत वारपार गर्न डराउनुपर्ने अवस्था अाएकाे छ ।
https://www.facebook.com/726047900920798/posts/1095708327288085/
पुल मर्मतको काम हुन सकेको छैन । हलुका यात्रुबाहक सवारी साधन सोही पुल हुँदै आवागमन गरिरहेका छन् ।पुलको विकल्पका रुपमा बेलीव्रिज निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । असार मसान्तसम्ममा बेलिव्रिज निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी छ । तर, असार मसान्त सम्म पुल निर्माण कार्य सकिने संभावना निकै कम छ ।

जसले गर्दा गण्डकी प्रदेशकाे राजधानी, बाग्लुङ, पर्वत, म्याग्दी र मुस्ताङसम्मलाइ प्रभाव पर्दछ । पाेखरा जाने विकल्पका रूपमा लेखनाथबाट सेती नदिकाे लामगादी, पटनेरी लगायतका स्थानमा रहेका पुल बाट हलुका सवारी साधन पठाउन सकिने भए पनि दाेविल्लामा रहेकाे पुल समेत जाेखिमपूर्ण रहेकाले लाेड गाडीहरु आवतजावतमा भने कठिनाइ पर्ने देखिन्छ ।

समयमै पुलकाे मर्मत र वैकल्पिक उपायबारे नसाेचिदा अवकाे केही हप्ता पाेखरा र अासपासमा सवारी आवागमन प्रभावित बन्ने जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
घनश्याम पाण्डेकाे स्थलगत रिपाेर्टिङ, शुभन्यूज डटकमबाट ।
तस्विर: घनश्याम पाण्डे, सुदर्शन रञ्जित
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन