पोखराकाे विजयपुर खोलामा बाढी आउँदा सवारी डाइभर्सनमा राखिएका ह्युम पाइप बगाएकाे छ । पाेखरा महानगरपालिका वडा नं. २६ र १४ लाई जोड्ने पृथ्वीराजमार्ग अन्तर्गत पक्की पुल कमजाेर कमजाेर भएपछि१० टनभन्दा माथिका लाेड बाेक्ने मालवाहक सवारीकाे लागि डाइभर्सन बनाइएकाे थियाे । साेमबार रातिकाे बाढीले भत्काएपछि मालबाहक सवारी साधानहरुको आवागमन ठप्प भएको हो ।
विजयपुर पुल जीर्ण हुँदा १० टनमाथि भार भएका सवारीलाई सोही ठाउँबाट आवतजावत गराउँदै आइएको थियो ।अहिले पोखरा भित्रने र बाहिरने सयौं ट्रकहरु अलपत्र परेका छन् ।
बाढीले गर्दा यसअघि चर्किएर जाेखिमयुक्त बनेकाे विजयपुरकाे पक्की पुलमा लगाएकाे फलामकाे सपाेर्ट समेत समेत बगाएकाे छ । जसका कारण साे पुलबाट सवारी आवागमन प्रभावित हुने भएकाे छ । बढी लाेडका बसहरू समेत वारपार गर्न डराउनुपर्ने अवस्था अाएकाे छ ।
https://www.facebook.com/726047900920798/posts/1095708327288085/
पुल मर्मतको काम हुन सकेको छैन । हलुका यात्रुबाहक सवारी साधन सोही पुल हुँदै आवागमन गरिरहेका छन् ।पुलको विकल्पका रुपमा बेलीव्रिज निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । असार मसान्तसम्ममा बेलिव्रिज निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी छ । तर, असार मसान्त सम्म पुल निर्माण कार्य सकिने संभावना निकै कम छ ।

जसले गर्दा गण्डकी प्रदेशकाे राजधानी, बाग्लुङ, पर्वत, म्याग्दी र मुस्ताङसम्मलाइ प्रभाव पर्दछ । पाेखरा जाने विकल्पका रूपमा लेखनाथबाट सेती नदिकाे लामगादी, पटनेरी लगायतका स्थानमा रहेका पुल बाट हलुका सवारी साधन पठाउन सकिने भए पनि दाेविल्लामा रहेकाे पुल समेत जाेखिमपूर्ण रहेकाले लाेड गाडीहरु आवतजावतमा भने कठिनाइ पर्ने देखिन्छ ।

समयमै पुलकाे मर्मत र वैकल्पिक उपायबारे नसाेचिदा अवकाे केही हप्ता पाेखरा र अासपासमा सवारी आवागमन प्रभावित बन्ने जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
घनश्याम पाण्डेकाे स्थलगत रिपाेर्टिङ, शुभन्यूज डटकमबाट ।
तस्विर: घनश्याम पाण्डे, सुदर्शन रञ्जित
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’