मकवानपुर घर भई पोखरा १० रामबजारमा मोवाईल पसल गरी बस्ने ३५ बर्षिय रमेश नेपालीले श्रीमती २८ बर्षिया लक्ष्मी नेपालीलाई मार्न १० लाख रुपैयामा डिल गरेको खुलेको छ । असार १ गते श्रीमतीलाई औषधी गर्न जाने भन्दै पोखरा २२ पुम्दिभुम्दिस्थित ठुल्ढुङगाको जंगलमा मारेर फालेको अवस्थामा प्रहरीले अस्थिपन्जर फेला पारेको थियो ।
कास्कीका प्रहरी प्रमुख एसपि दानबहादुर कार्की सहितको टोलीले घटनाको अनुसन्धान थालेको छ । लक्ष्मीको अस्थिपन्जर बुधबार बिहान फेला परेको हो । लक्ष्मीका श्रीमान्ले श्रीमती हराएको भन्दै प्रहरीमा खोजी गर्न निबेदन दिएका थिए । त्यतिमात्र होईन, आफै युट्युब मिडियामा अन्तर्वार्ता दिँदै बनावटी कुरा बोल्दै गोहीको आँशु समेत झारेका थिए । आफ्नो प्रेम सफल पार्न ९ वर्षको छोरा र ७ वर्षकी छोरीको भविष्य समेत नहेरी श्रीमती मार्न खोजेको खुलेको छ ।
प्रहरीमा दुई दिन पछि आफै जाहेरी
असार १ गते घटना भए पछि रमेश पत्नीको खोजी गरिदिन भन्दै पोखरा महानगरको वडा नम्बर १५, वडा प्रहरी कार्यालय रामबजार र जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए । १ लाख ५० हजार लिएर पत्नी घर नफर्कंदा छोराछोरी बिचल्लीमा परेको जाहेरीमा उल्लेख छ ।
रमेशको क्रियाकलापलाई प्रहरीले शंका गरेर घरमा खोजतालस गर्दा लक्ष्मीले प्रयोग गरेको मोबाइल, सिक्री लगायत सामग्री घरमै भेटाएको थियो । अनुसन्धानको घेरो साँघुरो बनाउँदै जाँदा रमेशमाथि नै प्रहरी केन्द्रित गर्दा रमेशलाई केरकार गर्दा उनले सबै बेलीविस्ता लगाए । अस्थिपञ्जरसँगै भेटिएका कपडा र जुत्ताको आधारमा आफन्तले शव लक्ष्मीकै भएको प्रहरीलाई बताए ।
लामो समय देखी उनी आफन्त एक युवती सगँ प्रेम जालमा थिए । आफ्नो प्रेम सफल बताउन श्रीमती तगारो बनेको रमेशले महशुस गरे । त्यसपछि श्रीमतीको मार्ने योजना बनाएको प्रहरीको भनाई छ । लामो समयदेखि खुट्टामा समस्या भएकी श्रीमती लक्ष्मीलाई जडिबुटी खोज्ने भन्दै असार १ गते रमेशले पुम्दीभुम्दीस्थित जंगलमा लगेका थिए ।
आफू जंगलतिर छिरेपछि २ जना सहयोगीले लक्ष्मीको ह*त्या गरेको प्रहरीसामु रमेशले बताएका छन् । १० लाख रुपैयाँ दिने सर्तमा मान्छे लगाएर श्रीमतीको ह*त्या गरेको प्रहरीसँगको प्रारम्भिक बयानमा बताएका छन् । रमेशका अनुसार कबोल गरेको १० लाखमध्ये ६ लाख रुपैयाँ दिएको र बाँकी ४ लाख दिन बाँकी छ । मार्ने काममा संलग्न २ मध्ये १ जनालाई समातिसकेको बताईन्छ ।
https://youtu.be/DkNvNxlr77I
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन