नेपाल आइडलको टोलीले अष्ट्रेलियामा आफ्नो प्रस्तुति जारी राखेको छ । नेपाली टचले आयोजना गरेको कन्सर्टमा प्रस्तुतीका लागि टोली अष्ट्रेलिया पुगेको हो ।
प्रथम नेपाल आइडल विजेता वुद्ध लामा सहित निशान्त भट्टराई, प्रताप दास र कार्यक्रम प्रस्तोता सुशिल नेपाल अष्ट्रेलिया पुगेका हुन् । क्यानबेरा ओर्लिएको टोलीले त्यहाँ गत शुक्रबार कन्सर्ट सम्पन्न गरे । आइडलको अष्ट्रेलिया टुर अन्तर्गत नोभेम्बर २४ मा क्यानबेरा, २७ मा ब्रिसबेन कन्सर्ट सम्पन्न गरे । डिसेम्बर १ मा सिड्नी, ३ मा मेलबर्न, ९ मा होवर्ट, १६ मा पर्थ, २२ मा डार्विन र २३ मा एडिलेडमा हुँदैछ ।
नेपाल आईडल लाईभ इन सिड्नी ओलम्पिक पार्कबाट । यस लिन्कमा फेसबुक लाईभ भईरहेको छ ।
https://www.facebook.com/Australiakonepalipatra/videos/710870895769152/
सिड्नी लगायत अष्ट्रेलियाका विभिन्न शहरमा विभिन्न मितिमा कन्सर्ट कन्सर्ट हुँदैछ । अष्ट्रेलियाका कुल ८ शहरमा आयोजना हुने कन्सर्ट भव्य बनाउन आयोजकले प्रचार प्रसारलाई निकै तीव्रताका साथ अघि बढाएको छ । टचले प्रचारका लागि सिड्नी र मेलबर्नका ट्रेनहरुलाई माध्ययम बनाएको छ । कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन विज्ञापन शैली पनि सोही अनरुपको गरिएको जनाएको छ ।
https://www.facebook.com/kaamkothaapp/videos/1129342413865874/
आयोजकका तर्फबाट दिपेश पुनले भने, ‘नेपाल आइडलप्रति अष्ट्रेलियामा रहेका नेपालीहरुको ठूलो क्रेज छ । सोही क्रेजलाई मध्यनजर गर्दै कार्यक्रम भव्य बनाउने हाम्रो तयारी हो । कन्सर्टस्थल पनि हामीले पाँच हजार दर्शक अपेक्षा गरेर ओलम्पिक पार्कलाई रोजेका छौं भने लाइट र साउण्ड सिस्टम पनि अन्तर्राष्ट्रिय स्तरकै प्रयोग गरेका छौं । त्यसैले प्रचार शैली पनि अन्तर्राष्ट्रिय कार्यक्रमको स्तरमा नै गरेका हौं ।’
https://www.facebook.com/kaamkothaapp/videos/1129330407200408/
उनले थपे ‘दुई शहरका ट्रेनमा दैनिक लाखौं मानिस ओहोर दोहोर गर्छन् । कतिपय नेपालीहरुलाई नेपाल आइडल निकै मनपर्ने भएपनि समयको व्यस्तताले थाहा नपाउन सक्छन् । त्यसैले कार्यक्रमलाई सबैमाझ पुर्याउन र भव्य बनाउन पनि प्रचार शैली यसअघि प्रचलित भन्दा अलिक फरक गरिएको हो । यसले नेपाल आइडल मन पराउने हजारौं दर्शकलाई कार्यक्रमका बारेमा जानकारी दिनुका साथै कार्यक्रम पनि भव्य बनाउन मद्धत पुग्छ भन्ने हाम्रो विश्वास हो । ’
त्यसो त नेपाली टचले आइडलको कन्सर्टलाई प्रतिष्ठाको विषय पनि बनाएको छ । अहिलेसम्म बलिउड नायक सलमान खान आउँदा बाहेक अष्ट्रेलियामा ठूलो संख्यामा रहेको भारतीय समुदायले पनि ट्रेनमा प्रचार गरेका छैनन् । पुन थप्छन्, ‘ट्रेनमा विज्ञापन गर्नुलाई कार्यक्रमको स्तरको मापक मानिन्छ ।
आइडलप्रति दर्शकको क्रेजलाई सम्बोधन गर्न हामीले कार्यक्रम भव्य बनाउने तयारी गरेका हौं । अन्तर्राष्ट्रिय फ्रेन्चाइज शो सम्बन्धित कार्यक्रम भएकाले यहाँका मानिसहरुको पनि अलिक चासो बढेको छ । यस्तो प्रकारको विज्ञापनले नेपालको प्रतिष्ठा पनि बढाउने काम गर्छ ।’

सम्बन्धित खबर
विनोद बानियाँको ‘यहीँ दुःख गरम्ला’ सार्वजनिक
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
मिस नेपाल–२०२५ को ताज लुना लुँइटेलले पहिरिन्
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
वरिष्ठ गायिका लक्ष्मी न्यौपानेले ल्याइन् तीज गीत ‘म त मसक्कै’
राजु–देवी जोडीको ‘झलिको झलल’ गीतमा लाखौं टिकटक भिडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’