पोखरा महानगरपालिकाको वडा नम्बर ३, नदीपुर र पोखरा ११, फूलबारी जोड्ने आर्क ब्रिज शुक्रबारदेखि पूर्ण रुपमा संचालनमा आएको छ । ११ करोड २३ लाखको लागतमा बनेको उक्त पुल साढे ११ मिटरको चौडाई र ८० मिटर लम्बाई रहेको छ । पुलमा ७.५ मिटर गाडी गुड्ने र बाँकी दुवै तर्फ फुटपाथ हुन् ।
पृथ्वीराजमार्ग हुँदै गण्डकी प्रदेशको राजधानी पोखरा प्रवेश गर्ने तथा यहाँबाट बाहिर जानका लागि वर्षौंअघि निर्माण भएका पुलको विकल्पको रुपमा सो पुल निर्माण गरिएको हो । १० टन भारवहन क्षमताको उक्त पुल बन्न झण्डै २ वर्ष लाग्यो । यसबीचमा नदीपुर हुँदै मनिपाल अस्पताल पुग्न समस्या भएको थियो ।
हिराचन मुक्तिनाथ जोईन्ट भेन्चर कम्पनीले निर्माण गरेको उक्त पुलको आयु कम्तिमा ५० बर्ष रहेको दाबी गरिएको छ । स्टिल ट्रष्टको उक्त पुल आधुनिक डिजाईनको रहेको र पाल्पा र स्याङ्गजा जोड्ने राम्दी नदीको जस्तै आकारमा बनेको छ ।
हिराचन मुक्तिनाथ जोईन्ट भेन्चरसँग २०७३ असोजमै ठेक्का सम्झौता भएपनि डिजाईन फाईनल नहुँदा काम अघि बढ्न झण्डकै एक वर्ष लाग्यो । नदीपुरमा पक्की मोटरेबल पुल वनेपछि सवारी चाप व्यवस्थापनमा सहयोगी बन्ने देखिएको छ । पोखरा नजिकका ग्रामीण भूगोललाई मुख्य राजमार्ग र शहरसँग जोड्न र यातायातको सम्पर्क स्थापित गर्न पनि पुल निर्माणबाट मद्दत पुगेको छ । यसअघि पृथ्वीचोक र महेन्द्रपुलमा रहेका पुलको क्षमता सवारी चापको तुलनामा कमजोर हुँदा लामो समय ट्राफिक जामको समस्या सर्वसाधारणले भोग्दै आएका थिए ।
यसअघि, नदीपुर र फुलवारी जोड्न नारायणधानमा पुल यस्तो पक्की पुल नहुँदा ठुला सवारी संचालन हुन सकेका थिएनन् । सिँचाईको नहरको प्रयोजनको लागि बनेको पहिलाकै पुलवाटै साना सवारी संचालन हुँदै आएको थियो ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन