पोखरा महानगरपालिकाको वडा नम्बर ३, नदीपुर र पोखरा ११, फूलबारी जोड्ने आर्क ब्रिज शुक्रबारदेखि पूर्ण रुपमा संचालनमा आएको छ । ११ करोड २३ लाखको लागतमा बनेको उक्त पुल साढे ११ मिटरको चौडाई र ८० मिटर लम्बाई रहेको छ । पुलमा ७.५ मिटर गाडी गुड्ने र बाँकी दुवै तर्फ फुटपाथ हुन् ।
पृथ्वीराजमार्ग हुँदै गण्डकी प्रदेशको राजधानी पोखरा प्रवेश गर्ने तथा यहाँबाट बाहिर जानका लागि वर्षौंअघि निर्माण भएका पुलको विकल्पको रुपमा सो पुल निर्माण गरिएको हो । १० टन भारवहन क्षमताको उक्त पुल बन्न झण्डै २ वर्ष लाग्यो । यसबीचमा नदीपुर हुँदै मनिपाल अस्पताल पुग्न समस्या भएको थियो ।
हिराचन मुक्तिनाथ जोईन्ट भेन्चर कम्पनीले निर्माण गरेको उक्त पुलको आयु कम्तिमा ५० बर्ष रहेको दाबी गरिएको छ । स्टिल ट्रष्टको उक्त पुल आधुनिक डिजाईनको रहेको र पाल्पा र स्याङ्गजा जोड्ने राम्दी नदीको जस्तै आकारमा बनेको छ ।
हिराचन मुक्तिनाथ जोईन्ट भेन्चरसँग २०७३ असोजमै ठेक्का सम्झौता भएपनि डिजाईन फाईनल नहुँदा काम अघि बढ्न झण्डकै एक वर्ष लाग्यो । नदीपुरमा पक्की मोटरेबल पुल वनेपछि सवारी चाप व्यवस्थापनमा सहयोगी बन्ने देखिएको छ । पोखरा नजिकका ग्रामीण भूगोललाई मुख्य राजमार्ग र शहरसँग जोड्न र यातायातको सम्पर्क स्थापित गर्न पनि पुल निर्माणबाट मद्दत पुगेको छ । यसअघि पृथ्वीचोक र महेन्द्रपुलमा रहेका पुलको क्षमता सवारी चापको तुलनामा कमजोर हुँदा लामो समय ट्राफिक जामको समस्या सर्वसाधारणले भोग्दै आएका थिए ।
यसअघि, नदीपुर र फुलवारी जोड्न नारायणधानमा पुल यस्तो पक्की पुल नहुँदा ठुला सवारी संचालन हुन सकेका थिएनन् । सिँचाईको नहरको प्रयोजनको लागि बनेको पहिलाकै पुलवाटै साना सवारी संचालन हुँदै आएको थियो ।

सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ