पोखरा । बेलायती सेनामा करीब १८ वर्षको जागिरे जिवन एवं २२ वर्ष बेलायतको व्यवसायिक तथा सामाजिक जिवनपछि मातृभूमि नेपाल फर्केपछि मुछेत्र गुरुङले भने– ‘अब जन्मथलो फर्की आएँ ।’
बेलायतमा रहेर नेपालीहरुको साझा संस्था गैर आवाशीय नेपाली संघ (एन.आर.एन) यूकेको अध्यक्ष, तमु धिं एशोसियसन यूके, सहारा यूकेको सल्लाहकार लगाएत अन्य दर्जनौ महत्वपूर्ण संस्थाहरुमा सफल नेतृत्व गरिसकेका समाजेवी मुछेत्र गुरुङ श्रीमती लक्ष्मी गुरुङ सहित नेपाल फर्किएका हुन् ।
सहारा क्लब पोखराले आयोजना गरेको स्वागत कार्यक्रममा क्लबका सल्लाहकार समेत रहेका मुछेत्रले छोटो भनाई राख्दै भने–‘अब देशमा नै बसेर केही गर्नुपर्छ, त्यही भएर कर्मथलो छोडेर आएँ ।’ उनले थपे –‘अब देशमा बसेर केही गर्न र अरुलाई पनि प्रेरणा दिन सायद म सफल हुनेछु ।’
अरुको कुरा बढी सुन्ने र आफू थोरै संधै हाँसेर तार्किक जवाफ फर्काउने मुछेत्र कास्कीको गिलुङमा जन्मिएका हुन् । आफ्नो खेल जिवनमा उनी तेक्वान्दोका राम्रो खेलाडी समेत रहेका थिए । सहारा क्लब पोखराले सञ्चालन गरेको सहारा एकेडेमीको पूर्वाधार निर्माणमा समेत महत्वपूर्ण भूमिका खेलेका मुछेत्रलाई स्वदेश फर्केपछि सहारा क्लबले पोखरामा स्वागत गरेको हो ।
समाजसेवी मुछेत्रलाई क्लबका अध्यक्ष केशब बहादुर थापा, निवर्तमान अध्यक्ष बिरभद्र आचार्य, पूर्व अध्यक्ष बिक्रम थकाली, उपाध्यक्ष हरेराम गुरुङ (सुरज), महासचिब विश्वराज बराल लगाएत अन्य क्लबका सदस्यहरुले स्वागत गरेका थिए । सहारा क्लबका अध्यक्ष थापाले आफ्नो कर्म थलो छोडेर जन्म थलो फर्केर आएकोमा क्लबको तर्फबाट स्वागत गर्दै उदाहरणिय कार्य गरेको बताए ।
- पोखरा स्पोर्टस् डटकमबाट ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’