पोखरा । पोखरा इन्जिनियरिङ कलेजमा विवाद भएपछि प्रहरीले नेविसंघका केही विद्यार्थी पक्राउ गरेको छ । पक्राउ परेका पेकका विद्यार्थीको रिहाईको माग गर्दै नेविसंघले पिएन क्याम्पस अगाडी मसाल जुलुस निकालेको छ ।
जुलुस निकाल्दै गर्दै प्रहरीले हस्तक्षप गरेपछि दुई पक्षबीच झडप भएको छ । झडपमा एक प्रहरी घाईते भएको बताईएको छ । प्रहरी जवान दीपक खाती घाईते भएका हुन् । झडपकै क्रममा नेविसंघ नेता पशुपती भट्टराई पक्राउ परेका छन् ।
पोखरा ७ फिर्केमा रहेको पोखरा इन्जिनियरिङ क्याम्पस स्वतन्त्र विद्यार्थी परिषद्को कार्यालयमा नेविसंघले तोडफोड र अनिश्चितकालीन तालाबन्दी गरेपछि विवाद उत्पन्न भएको हो । तोडफोडमा संलग्न भएको आरोपमा पेकका नेविसंघ सभापति टेनिश श्रेष्ठ, पोखरा विश्वविद्यालयका सभापति फिरोज सुवेदी, नेविसंघका विद्यार्थीहरु निश्चल पाण्डे, नन्दलाल सापकोटा, विकास रानाभाट र राजीव भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरु बैदाम प्रहरीको नियन्त्रणमा छन् ।
भिडलाई नियन्त्रणमा लिने क्रममा सामान्य धकेलाधकेल भएको प्रहरीले जनाएको छ । नेविसंघले चाहीँ प्रहरीले धरपकड गरेको आरोप लगाएको छ । – डिएनएनेपालबाट
तस्विरः विजय नेपाली
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो