सरकारले साउन १ बाट प्यान अनिवार्य गरेको छ । लेखा परीक्षण गर्दा तलबलाई खर्चमा लेख्ने गरिन्छ । यदि प्यान नम्बर बिनाको कर्मचारीलाई तलब दिएको छ भने त्यस्ता कम्पनीले खर्चको रुपमा देखाउन पाउने छैनन् ।
कुनै पनि कर्मचारीलाई तलब बैङ्क खातामार्फत् दिनुपर्ने भएकाले प्यान अनिवार्य हुनेछ । आर्थिक विधेयकमा कर्मचारीलाई तलब दिँदा प्यान अनिवार्य गर्नुपर्ने उल्लेख छ । स्थायी लेखा नम्बर नभएको एक हजार रुपैयाँभन्दा माथिको मूल्यको विजक वापतको खर्च कट्टा गर्न नपाउने व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा उल्लेख छ ।
२०७६ साल जेठ १५ गते प्रस्तुत आगामी वर्षको आर्थिक विधेयक, २०७६ मा आयकर ऐन, २०५८ लाई संशोधन गरी व्यक्तिगत स्थायी लेखा नम्बर नलिएका जोसुकैले लिने तलबभत्ता तथा ज्याला खर्चलाई खर्च अमान्य हुनेछ भनिएको छ ।
गत आर्थिक वर्षहरूमा पनि कर्मचारी तथा कामदारहरूले व्यक्तिगत स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था भए पनि व्यवसायको खर्च कट्टी गर्न नपाउने भन्ने व्यवहारमा प्रयोग भएको थिएन । तर, २०७६ साउनदेखि कुनै पनि काम/सेवा गरी तलबभत्ता, ज्याला लिने सम्पूर्णले व्यक्तिगत स्थायी लेखा नम्बर लिनुपर्छ । हाल काम गरिरहेका तथा नयाँ नियुक्ति लिन जानेले नेपाली नागरिकताको प्रमाणपत्र र व्यक्तिगत स्थायी लेखा नम्बर प्रतिलिपि पेस गरेपछि मात्र काम गर्न योग्य मानिनेछ अर्थात् निजलाई दिइएको तलबभत्ता, ज्यालालाई खर्चका रूपमा मान्य गरिने कुरा आर्थिक विधेयक, २०७६ मा उल्लेख छ । यो नयाँ व्यवस्थासँगै एक हजारभन्दा कम पारिश्रमिक हुनेले नगद भुक्तानी पाउँछ । नेपालका संस्थागत क्षेत्रमा काम गर्ने धेरैजसोले प्यान नम्बर लिएका छैनन् ।
प्यान लिनको लागि अनलाइन फारम भर्ने तरिका
सबैभन्दा पहिला आन्तरिक राजस्व विभागको वेभसाइट www.ird.gov.np टाइप गरेर होम पेजमा भएको Taxpayer मा क्लिक गरेर Registration मा जानु होस । त्यसपछि एप्लिकेसन फर रजिष्ट्रेसनमा क्लिक गरी नाम थर भएको बक्समा आप्नो नाम र थर लेखेर भर्नुहोस् ।
त्यसपछि युजर नेममा आफुले सम्झने नाम राख्नुहोस् ।
पासवर्ड हाल्नुहोस् र फेरि अर्को बक्स रिपासवर्डमा त्यही अघि राखेको पासवर्ड राख्नुहोस् ।
सम्पर्क नम्बर र इमेल ठेगाना राख्नुहोस् ।
कुन कार्यालयबाट प्यान नम्बर लिने हो सो ठेगाना आइआरओ नम्बरमा खुलाउनुहोस् ।
त्यसपछि ओके बटनमा थिच्नुहोस् ।
यति गरेपछि तपाइको व्यक्तिगत विवरण माग्नेछ । सो अनुसार भर्दै जानुहोस र सबमिट गर्नुहोस् ।
सबमिट भएपछि सबमिट र सेभ अप्सन इनेबल हुन्छ ।
त्यसपछि प्रिन्टमा थिचेर त्यसलाई प्रिन्ट गर्नुहोस् ।
सोही प्रिन्ट लिएर सम्बन्धित कार्यालयमा जानुहोस् ।
कार्यालयले तपाईंलाई विवरण जाँच गरेर प्यान नम्बर दिनेछ । यसका लागि कुनै शुल्क लाग्ने छैन ।
केन्द्रीय तथ्याङ्क विभागका अनुसार हालसम्म ९ लाख २३ हजार ३ सय ५६ प्रतिष्ठान रहेका छन् । उसको आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो । हालसम्म ९ लाख जनाले प्यान नम्बर लिएको भनिएको छ ।
सम्बन्धित खबर
गृह मन्त्रालयमा गरिमाका आमाबुबाको भिडियो खिचिएको रास्वपा महामन्त्रीकै आपत्ति
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
किस्तीमा राखेर आएको प्रधानमन्त्री पद त्याग गरेको व्यक्ति हुँ: रवि लामिछाने
प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे महेश बस्नेतको प्रश्न: ‘वास्तविक उद्देश्य के हो ?’
प्रधानमन्त्री बालेन मुस्ताङ पुगे
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित