पोखरा । पोखरा २५ हेमजास्थित सेती नदी किनार बाबियातरामा ‘मानवसेवा धाम’ निर्माण शुरु गरिएको छ । आश्रमले गत जेठदेखि लक्ष्मीनारायण सनातन संस्कार प्रतिष्ठानले उपलव्ध गराएको ६३ रोपनी जग्गामा मानव सेवा धामको काम शुरु गरेको हो । ६ वर्षभित्र पुरा गर्ने योजना छ । शुरु गर्न गण्डकी प्रदेश सरकारले २४ लाख रुपैयाँ उपलब्ध गराएको थियो । योजना पुरा गर्न एक अर्ब ३ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । ३ सय राख्ने क्षमताको आश्रम बन्नेछ ।
मानव सेवा आश्रमले अहिले तीन वटा प्रोजेक्ट अगाडि बढाएको छ । पहिलो प्रोजेक्ट आश्रम (आश्रयस्थल) बनाइने मानवसेवा आश्रम गण्डकी प्रदेश संयोजक होमनाथ तिमिल्सिनाले बताए ।६ वटा भवन निर्माण गरिने छ । मानवसेवा धाम नजिकै लक्ष्मी नारायणको मन्दिर निर्माण गरिने छ । तालिम केन्द्रमा २५० जना अटाउने हल निर्माण गरिने छ ।
आश्रममा परिवार नभएका, आफन्त पनि नभएका नितान्त एक्ला व्यक्ति विशेषलाई राखिने छ । सडकमा आईसकेका र आईसक्ने अवस्थाका आफन्त नभएका परिवारै नभएका बृद्धबृद्धालाई उद्दार गरेर तालिम केन्द्रमा राखेर अध्यामिक ज्ञान दिईने छ । आश्रमले पोखरामा अध्यात्मिक कक्ष निर्माण गर्ने योजना बनाएको छ ।
अध्यात्मिक कक्ष विशिष्ट व्यक्तिहरु समेत गएर परिवारैसँगै केही दिनको लागि बस्ने, योग, ध्यान लगायतका गतिविधि गर्नमिल्ने बनाईने छ । किनमेल गर्नको लागि पसल, पूजा सामाग्री, अध्ययनको लागि पुस्तकालय र म्युजियम निर्माण गरिने उनको भनाई थियो ।
प्रदेश सरकारले पनि आर्थिक वर्ष २०७६/७७ को लागि एक करोड भन्दा बढी उपलब्ध गराउने प्रतिबद्धता गरेको उनले जानकारी दिए । पोखरा–१७ छोरेपाटनमै मानवसेवा आश्रम रहेको छ । जहाँ होरात्र खुल्ला आकाशमुनी दिनरात कटाईरहेको समाजका असहाय एवम् मनोरोगीलाई आश्रय दिईरहेको छ । २०७४ साल चैत १७ पोखरा बजारका विभिन्न स्थानबाट एकैदिन उद्धार गरिएका २३ जनाबाट शुरु गरिएको आश्रममा हाल दुई महिने शिशु सहित ९१ बर्षका जोष्ठ नागरिक लगायत कूल ९० जनाले आश्रय लिईरहेका छन् ।
“सबैका लागि खाना, नाना र छाना हाम्रो चाहना” भन्ने मुख्य नारा सहित मकवानपुरमा मुख्य कार्यालय रहेको संस्थाका मोरङ, काठमाडौ, चितवन, ललितपुर, गोरखा, लमजुङ, पर्सा, बागलुङ, कास्की, रुपन्देही र धनगढी, सुर्खेत, लगायतका १२ वटा जिल्लामा शाखा तीन वटा उपशाखा छन् । मानवसेवा आश्रमको केन्द्रीय कार्यालय स्थापना भएको २०६९ सालमा हो । संस्थाले आठ हजार भन्दा बढी सडक मानव एवम् मनोरोगीको उद्धार गरिसकेको छ ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन