तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँमा सोमबारबाट राष्ट्रिय परिचय पत्रको विवरण दर्ता कार्यक्रमको शुभारम्भ गरिएको छ । अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई सहज रुपमा नियन्त्रण गर्न टेवा पुर्याउने उद्देश्यले राष्ट्रिय योजनाको पहिलो चरणमा राष्ट्रिय परिचय पत्रको विवरण दर्ता थालिएको हो ।
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले आफ्नो व्यक्तिगत तथा जैविक विवरण दर्ता गराएर कार्यक्रमको शुभारम्भ गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री चुमानले अहिलेको युग आधुनिक प्रविधिले उत्कर्षमा पुगेको बताए ।
उनले प्रविधि विकासले अझ नयाँ-नयाँ प्रविधिले ठाउँ पाउने बताए । प्रविधिको प्रयोगसँगै नागरिकता समेत विस्थापित हुने अपेक्षा उनको छ ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले व्यक्तिगत तथा जैविक विवरणबाट बनेका राष्ट्रिय परिचय पत्रले अपराधिक गतिविधिमा संलग्न हुने व्यक्तित्वलाई पक्रन सहज बनाउने बताए । सञ्चार माध्यमहरुले परिचय पत्र लिन प्रोत्साहित गर्दै राष्ट्रिय परिचय पत्रको बारेमा जानकारी गराउन उनको सुझाव छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जिल्ला प्रशासनबाट राष्ट्रिय परिचयपत्र बहुआयमिक बनाउने लक्ष्यका साथ सरकारले ल्याएको प्रावधानलाई उपयोग गर्नुपर्ने बताए ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
अर्जुनचौपारीमा सञ्चालनमा आयो दुग्ध चिस्यान केन्द्र
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
स्याङ्जा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइतेको संख्या १७ पुग्यो
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन