पोखरा । उमेर ३६ वर्ष, युवा जोश, उमेर अनुसारको रिस । त्यतिबेलाको कुकर्मको फल अब ५६ वर्ष हुँदा भोग्नुपर्ने भएको छ कास्की घान्द्रुकका कुमार गुरुङले । हत्या गरेको २० वर्षपछि उनले सजाय भोग्नेछन् । जिल्ला प्रहरी कार्यालय कास्कीले कुमारलाई लुकीछिपि बसेको अवस्थामा आइतबार पक्राउ गरेको हो ।
घटना विवरणः
मिति २०५६ माघ ४ गते साझँ साढे ६ बजेको समयमा साबिक जिल्ला कास्की घान्द्रुक गा.बि.स. वडा नं.७ (हाल अन्नपूर्ण गा.पा. वडा नं. ११) बस्ने बर्ष ३१ को मन प्रसाद गुरुङलाई धारिलो हतियार प्रहार गरी सख्त घाईते बनाएकोमा मनको भोलिपल्ट मृत्यु भयो । हत्या गर्ने तत्काल बर्ष ३६ (हाल ५६ बर्ष) का कुमार गुरुङले हंगकंग आइडीको विषयमा विवाद भएपछि धारिलो हतियार प्रहार गरेका थिए । मृतकका बुबा धनकाजी गुरुङले जाहेरी दिई प्रहरीले घटना अनुसन्धान शुरु गरेको थियो ।
घटना लगत्तै कुमार फरार भई म्याग्दी जिल्लाको बिभिन्न स्थानमा लुकिछिपी बसेको र २ बर्ष पछि भारत तर्फ गई कामकाज गरि उतै बसेका थिए । करिब १४ बर्ष भारत बसी केही बर्ष अगाडि बाबुको मृत्यु भएपछि घर फर्केर कास्की जिल्ला कै बिभिन्न स्थानमा लुकिछिपी बस्दै आएका थिए । उनलाई साउन ५ गते आइतबार कास्की अन्नपूर्ण गा.पा. वडा नं. ११ बाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
कर्तब्य ज्यान मुद्दामा कुमारलाई प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धानको कार्य अगाडी बढाइएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन