समाजमा कलिला बाबुनानीहरुलाई पुलिस बोलाम् ? भनेर डर देखाउने गरिन्छ । प्रहरी डरलाग्दो चीज हो भन्ने मानसिकता सानै उमेरदेखि विकास गरिन्छ । त्यसैले पनि, पुलिसले समात्छ, पिट्छ, जेलमा कोच्छ भनेर बालबालिका प्रहरीसँग डराउँछन् । बाल मानसिकतामा परेको प्रभावले ठूलो भएसम्म पनि प्रहरीसँग मित्रवत् व्यवहार गर्न हुन्न भन्ने सोच कायम छ ।
कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्की आफै कार्यालयमा हत्कडी सहित देखिए । आफूमा लागेको हत्कडी खोल्न पनि उत्तिकै सकस प¥यो । गल्ती गर्ने अपराधी र अपराधको कसुर लागेकालाई लगाउने हत्कडी एसपी कार्कीको हातमा चाहिँ आफै किन लगाउन लगाए त ? एक दिन विद्यार्थीसँग कार्यक्रम अन्तर्गत जिप्रकामा विद्यार्थीहरु पुगेका थिए । र उनले सोहि विद्यार्थीहरुलाई प्रहरी र प्रहरीले काम गर्ने बारेमा विद्यार्थीलाई सिकाएका थिए । विद्यार्थीले हत्कडी के हो र किन लगाइन्छ ? भन्ने प्रश्नमा कार्कीले हत्कडीका बारेमा विद्यार्थीलाई बुझ्ने भाषमा प्रयोग गरेर नै देखाएका हुन् ।

सानैदेखि प्रहरी प्रति नकारात्मक भावना पैदा हँुदै आएकाले समुदायसँग प्रहरी नाराका साथ अघि बढेको प्रहरी संगठनले यस्तो अभियान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा सोमबार स्कुलकै पोशाकमा ४० जना साना बालबालिकाहरु पुगे । विद्यार्थीले कुनै गलत काम नै गरेका हुन् नत प्रहरीले उनीहरुलाई पक्राउनै गरेको हो । बालबालिकाको मन मस्तिष्कमा प्रहरी प्रतिको गलत छाप हटाउन कास्की प्रहरीले प्रहरी संग एक दिन अभियान संचालन गरेको हो ।
सोमबार पोखरा महानगरपालिका २५ हेम्जाको हेम्जा बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्यनरत ४० जना विद्यार्थीले १ दिन प्रहरी कार्यालयमा बिताए । हाल हप्तामा एक दिन यो अभियान संचालन भएपनि विद्यालय धेरै भएका कारण हप्ता भरि नै संचालन गर्न सक्ने प्रहरी उपरिक्षक कार्कीले बताए । अभियान अन्तर्गत सुरुमा प्रहरी को हो ? प्रहरीले के के काम गर्छ ? कस्ता मान्छेलाई पक्राउ गर्छ ? कुनै नराम्रो भयो भने कसरी प्रहरीलाई खबर गर्ने सकिन्छ भने सिकाएको उनले बताए । त्यसपछि प्रहरीको हरेक कक्षमा बालबालिकालाई लगेर देखाउने गरिन्छ ।
महिला तथा बालबालिका विभाग प्रमुख इन्स्पेक्टर चन्द्रा गुरुङले पनि महिला तथा बालबालिकामाथि हिंसा, अपराध भए कसरी प्रहरी सम्झने भन्ने बारेमा सहजीकरण गरेकी थिईन् ।

प्रहरीसंग एक दिन बिताएपछि विद्यार्थीहरुले प्रहरी प्रतिको भ्रम हटेको बताए । उनीहरुले सबै सुनेर र देखे पछि प्रहरी त हाम्रो साथी पो रहेछ भन्ने थाहा भएको बताए ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो