पोखरा । केन्द्रिय अनुन्धान ब्यूरो (सिआईबी) र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले पोखराबाट यौन दुराचार आरोपमा अष्ट्रेलियन पर्यटकलाई पक्राउ गरेको छ । ६२ वर्षीय थोमस अल्फ्रेडलाई पोखराको लेकसाइड स्थित एक घरबाट मंगलबार बिहान पक्राउ गरिएको कास्की प्रहरी श्रोतले जनाएको छ ।
झण्डै तीन वर्षदेखि पोखरामा रहेर थोमसले प्याराग्लाइडिङ उडाउँदै आएको थाहा हुन आएको छ । उनी बसेको घरमा छापा मारेर कोठामा रहेका १५ वर्षका दुई बालकलाई पनि उद्धार गरिएको ती प्रहरीले बताए । उनले अन्य बालकमाथि पनि यस्तै यौन दुराचार गरेको आशंका प्रहरीको छ ।
कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले संयुक्त टोलीले पक्राउ गरेको पुष्टि गर्दै आफू बैठकमा रहेकाले थप जानकारी सूचना अधिकारीसँग बुझ्न आग्रह गरे । प्रवक्ता एवं डिएसपी राजकुमार केसीले अहिले बालक र आरोपीको स्वास्थ्य जाँच लगायतका काम भइरहेकाले बेलुकीसम्म विस्तृतमा जानकारी दिने गण्डकन्यूलाई बताए ।
नेपालमा बाल यौन दुराचारी पक्राउ गरेको नौलो घटना भने होइन । तर, पोखरामा अहिलेसम्म यस्तो घटना बाहिरिएको थिए । दुई वर्ष बिचमा १२ विदेशी तथा सहयोगी दुई नेपाली सिआईबीले पक्रिसकेको छ ।

संयुक्त राष्ट्र संघमा काम गरिसकेका प्रतिष्ठित र ठूला हैसियतका क्यानेडियन नागरिक ६० वर्षीय पिटर डग्लस बाल यौन दुराचारको आरोपमा पक्राउ परेका थिए । उनलाई दुई साता अघि मात्रै जिल्ला अदालत काभ्रेले ९ वर्ष कैद र १० लाख जरिवानाको फैसला गरिसकेको छ ।

मुलुकी ऐन अनुसार बाल यौन दुराचार अपराध प्रमाणित भए बढीमा १५ वर्ष कैद सजाय तथा पीडितलाई मनासिव क्षतिपूर्तिको व्यवस्था रहेको छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो