पोखरा । गण्डकी प्रदेशभित्र अहिले ९ सय ३७ कालोपत्रे सडक छ । ५ वर्षमा कालोपत्रे सडकको दुरी ३ हजार ४ सय ५० पुर्याउने प्रदेशको नीति तथा योजना आयोगले आइतबार सार्वजनिक गरेको पञ्चवर्षीय योजनाको आधार पत्रमा उल्लेख छ । उक्त आधार पत्रअनुसार अबको १० वर्षमा भने गण्डकी प्रदेशभित्र ६ हजार ९ सय ५० किलोमिटर सडक कालोपत्रे भइसक्ने छ । २१०० सालसम्म प्रदेशभित्र १२ हजार किलोमिटर सडक कालोपत्रे हुने छ ।
गण्डकी प्रदेश सरकारले भने चार किसिमका सडकलाई मात्र प्राथमिकतामा राखेको छ । ती हुन् प्रदेश राजधानीदेखि स्थानीय तहसम्मको सडक, स्थानीय तहको केन्द्रदेखि वडा कार्यालयसम्मको सडक, एक निर्वाचन क्षेत्र एक सडक र एक जिल्लादेखि अर्को जिल्ला जोड्ने सडक । यी चार खालका सडकलाई प्रादेशिक लोकमार्ग नाम दिएर कालोपत्रे गर्ने प्रदेश सरकारको नीति छ ।
मुग्लिनदेखि दमौली–पोखरा–कुश्मा हुँदै बागलुङ बुर्तिवाङसम्मको सडकलाई प्रदेशले विकास अक्षको रुपमा लिएको छ । कोरलादेखि पोखरा र पोखरादेखि तनहुँको भीमाद हुँदै नवलपरासीको दुम्कीवास त्रिवेणी सडकलाई प्रदेशको अर्को विकास र समृद्धिको आधार मानिएको छ । पोखरा महानगर वरिपरीका पुतलीबजार, कुश्मा, मादी, मध्यनेपाल र शुक्लागण्डकी जस्ता साना स्याटलाइट शहरको रुपमा विकास गर्ने पञ्चवर्षीय योजनाको आधार पत्रमा छ ।
प्रदेशको विकास अक्ष मानिएका आठ सडक
१.मुग्लिङ—दमौली—पोखरा—कुश्मा—बाग्लुङ–बुर्तिबाङ
२. पोखरा—पुतलीबजार—वालिङ—गल्याङ—चापाकोट
३. कोरला—जोमसोम—बेनी—कुश्मा—पोखरा—भीमाद—दुम्कीबास—त्रिवेणी
४. अर्मादी–सेतिबेनी–रुद्रबेनी–मिर्मि–गल्याङ—चापाकोट–देउघाट–गैंडाकोट—कावासोती शालिग्राम सांस्कृतिक मार्ग
५. डुमे्र—बेसीशहर—धारापानीे–रुइलाभञ्ज्याङ
६. बेनीघाट—आरुघाट—श्रीनिवास—सानागाउँ—रुइलाभन्जाङ
७. पोखरा चक्रपथ
८. पोखरा महानगर वरिपरीका पुतलीबजार, कुश्मा, मादी, मध्यनेपाल र शुक्लागण्डकी जस्ता साना स्याटलाइट शहरको रुपमा विकास हुने दोस्रो चक्रपथ
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो