कविराज खनाल, पोखरा । लेखनाथ पचभैयाको अन्तराष्ट्रिय चिडियाखाना (वन्यजन्तु उद्धार केन्द्र) बाट चितुवा हराएको छ। पोखरा १६, सिप्लेकुनाको कुखुरा फर्मबाट उद्धार गरी ल्याइएको सो चितुवा चिडियाखानामा रहेको केज (खोर) बाट हराएको हो।
साउन १ गते राति डिभिजन वन कार्यालय कास्कीको सहयोगमा सो चितुवा चिडियाखानामा रहेको केजमा राखिएकोमा केही दिनपछि एक्कासी हराएको हो।
चिडियाखाना एवं वनको हेरचाह गर्दै आएका वन हेरालो प्रकाश नेपालीले चितुवालाई खाना दिनेक्रममा चितुवा नदेखेपछि वनका पदाधिकारी एवं स्थानीयलाई खबर गरेको बताए। केजभित्र खोज तलास गर्दा नभेटिएपछि चितुवा हराएको पुष्टि भएको हो।
यता, स्थानीयले वन कार्यालयको सहयोगमा हराएको चितुवाको खोजी कार्य तीव्र पारेका छन्। विगतमा पनि सो स्थानमा बाघलाई खोरमा राख्ने क्रममा सावधानी अपनाउन नसकेका कारण फुत्केर भागेको थियो। यसबारे पचभैया सामुदायिक वनका अध्यक्ष दीननाथ ढकालले आगामी दिनमा वन्यजन्तु राख्नु पूर्व यसको प्राविधिक पक्षलाई ध्यान दिनुपर्ने बताउँछन् ।
डिभिजन वन कार्यालयका प्रमुख रामकाजी श्रेष्ठले केज कमजोरीका कारण चितुवा जाली फोडी भागेको हुन सक्ने बताए।
http://gandaknews.com/chituwa-2/
http://gandaknews.com/telinject-dartgun/
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु