हेटौंडा– पुर्व मिस नेपाल श्रृङ्खला खतिवडाले पश्चिम युरोपको सर्वोच्च शिखर ‘मोन्ट ब्ल्यांक’ को सफल आरोहण गरेकी छिन् । फ्रान्स र नेपालको मैत्री सम्वन्धको अवसरमा जुलाई १५ देखि फान्स भ्रमणमा रहेकी उनले ‘मोन्ट ब्ल्यांक’को आरोहण गरेकी हुन् ।
सेतो हिमालको नामले समेत चिनिने यो हिमालको उचाई ४ हजार ८ सय ८ मिटरको छ । इटाली र फ्रान्सको बीचमा पर्ने यो हिमाल हाइकिङ, क्लाइम्बिङ, ट्रेल रनिङ, स्किङ् र स्नोबोर्डिङ्का लागि लोकप्रिय मानिन्छ ।

श्रृङ्खलाले ‘मोन्ट ब्ल्यांक’को सफल आरोहण पश्चात नेपालको झण्डा फहराइन् । श्रृङ्खलाले नेपाल र फ्रान्सको झण्डा फहराउन सफल भएकोमा फ्रान्समा रहेको नेपाली दुतावासले बधाई दिएको छ । दुतावासले विज्ञप्ती जारी गर्दै उनलाई बधाई दिएको हो ।
नेपाल फ्रान्सबीचको कुटनीतिक सम्बन्ध ७० वर्ष पुगेको अवसरमा नेपालस्थित फ्रान्सेली दुतावासले खतिवडालाई ‘गुडविल एम्बासडर’ नियुक्त गरेर हिमाल आरोहणको व्यवस्था मिलाएको हो ।
‘मोन्ट ब्ल्यांक’ हिमाल आरोहण गरेर नेपाल र फ्रान्सको झण्डा गाढेर बुधवार उनी फर्किएकी छिन् । श्रृङ्खलाले नेपाललाई विश्वसामु चिनाउन र नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन ‘मोन्ट ब्ल्यांक’ आरोहण गरेकी हुन् ।

हिमालको सफल आरोहणपछि उनले साइकल रेस कार्यक्रममा सहभागी जनाउने छिन् । श्रृङ्खलाले हिमाल आरोहणपछि अमेरिका तथा युरोपका विभिन्न देशको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
सम्बन्धित खबर
वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै
विनोद बानियाँको ‘यहीँ दुःख गरम्ला’ सार्वजनिक
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
मिस नेपाल–२०२५ को ताज लुना लुँइटेलले पहिरिन्
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
वरिष्ठ गायिका लक्ष्मी न्यौपानेले ल्याइन् तीज गीत ‘म त मसक्कै’
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु