पोखरा, मंसिर १७ / नारायण गोपालको न्वारान कसले गर्यो तर ‘स्वरसम्राट’ को न्वारान भने पोखराले गरिदिएको हो ।
२०२८ सालमा पोखरामा भएको सांस्कृतिक कार्यक्रममा भूपी शेरचनले पहिलोपटक नारायण गोपाललाई ‘स्वरसम्राट’ ले सम्बोधन गरेका थिए । त्यसपछि नै जनस्तरबाट नारायण गोपाललाई स्वरसम्राट भन्न थालिएको हो ।
शुक्रबारको साँझ पोखरेलीले उनै स्वरसम्राटलाई सम्झिए । मंसिर १९ मा नारायण गोपालको २७ औं स्मृतिका सन्दर्भ पारेर पोखराका पाँच संस्थाले सांगीतिक कार्यक्रम गरे । संगीत प्रशिक्षण केन्द्र, त्रिवेणी संगीतालय, गुरुकुल संगीत प्रशिक्षण केन्द्र, तराना म्युजिक सेन्टर र जोजिजु म्युजिक स्कुलको संयुक्त आयोजनामा ‘नारायण गोपाल स्मृति साँझ’ भएको हो ।
कार्यक्रममा नयाँ एवं पुराना कलाकारले नारायण गोपालद्वारा स्वरबद्ध चर्चित गीत गाए । कलाकार रामभक्त जोजिजुले ‘बिर्सेर फेरि…’, श्रीमान् थुलुङ र कमला थापाले ‘हिमाल सरी…’, रश्मी अमात्यले ‘तिम्रोजस्तो मुटु…’, नितेश काफ्लेले ‘पोखिएर घामको झुल्का…’, प्रमिला बरालले ‘छोरीको जन्म…’ विनित जोजिजुले ‘लौ सुन म भन्छु…’ लगायत गीत प्रस्तुत गरे । मदन रानाभाट, एमडी काफ्ले, सन्तोष पराजुली, रोम तामाङ, टिना गुरुङ, सूर्य घताने, केशव सुवेदी, ममता गुरुङले पनि नारायण गोपालको गीत गाएर उनको स्मरण गरे ।
कवि तीर्थ श्रेष्ठले नारायण गोपालले पेमला लामालाई विवाह गरेपछि पोखरा ल्याएर राखेको किस्सा सुनाए । ‘त्यतिखेर अन्तरजातीय विवाहलाई नारायण गोपालको परिवारले स्विकार नगरेपछि उनी पेमलालाई लिएर पोखरा आएका हुन्,’ उनले सुनाए, ‘उनको ७–८ महिनाको पोखरा बसाइ यहाँको सांगीतिक माहोल बनाउन उपलब्धिमूलक रह्यो ।’ बिरामी भएर वीर अस्पतालमा भर्ना भएका नारायण गोपाललाई भेट्न जाने योजना बनाउँदा बनाउँदै उनको निधन भएकाले भेट्न नपाएको थकथकी श्रेष्ठमा अझै रहेछ । ‘नारायण गोपाल शवयात्रामा जत्तिको मानिसको उपस्थिति अरू कसैकोमा देखेको थिइँन,’ उनले सम्झिए ।
– दीपक परियार / कान्तिपुर
सम्बन्धित खबर
नवौं संस्करणको वालिङ महोत्सव सुरु
नवौं चरणको वालिङ महोत्सव आजदेखि
विनोद बानियाँको ‘यहीँ दुःख गरम्ला’ सार्वजनिक
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
मिस नेपाल–२०२५ को ताज लुना लुँइटेलले पहिरिन्
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान