पोखरा, साउन ११ । गण्डकीका सांसदहरुलाई प्रदेशसभाले सुनको लोगो उपलब्ध गराएको छ । प्रदेशसभाले चीनबाट सुनजडित लोगो ल्याईएको हो । नयाँ लोगो पहिलेभन्दा ३३ गुणा महंगो छ । लोगोको डिजाईन पुरानै भएपनि धातुको रुपमा चाँदी र बाहिरी कक्षमा सुन लेपन गरिएको छ ।
यसअघि प्रदेशका मुख्मयन्त्री देखि मन्त्री र सांसदहरुले प्लाष्टिकको लोगो प्रयोग गर्दै आएका थिए । गुणस्तरीय र आकर्षक लोगो बनाउन कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेर पठाईएको थियो । सांसदहरुले लगाएको लोगो एक वर्ष नपुग्दै धमिलिएपछि दीर्घकालीन बनाउन लागिएको हो ।
यसअघिको लोगोको मूल्य १ सय ९५ रुपैयाँमात्रै थियो । नयाँ लोगोको मूल्य ६ हजार ५ सय रुपैयाँ छ । सभामुख नेत्रनाथ अधिकारी नेतृत्वको कार्यव्यवस्था परामर्श समितिको सिफारिसमा गठित ‘लोगो तथा पोशाक सिफारिस समिति’ ले गतसाल भदौ ३० गते गण्डकी प्रदेशको लोगो सार्वजनिक गरेको थियो । सोही डिजाईनलाई चाँदीको धातु र बाहिरी कक्षमा सुनको घेरो बनाएर लोगो तयार गरिएको हो । लोगोभित्र प्रयोग गरिएको धानको बाला सुनको छ ।
प्रदेशसभाले पहिलो पटक सबै सांसदलाई निशुल्क लोगो उपलब्ध गराएको छ । त्यो हरायो भने पुनः ३ हजार रुपैयाँ तिरेर सांसदले प्रदेशसभाबाट खरिद गर्न पाउने छन् । ‘पहिलो पटक निशुल्क हो । पछि किन्नुपर्ने अवस्था आयो भने ३ हजार तिर्ने ब्यवस्था गरिएको छ,’ सांसद हरिशरण आचार्य भन्छन्, ‘प्रदेशसभाले निर्णय गरेर १ सय पिस मगाएको छ । यसको भुक्तानी सरकारले गर्ने छ ।’
पहिलो चरणमा ७५ पिस लोगो आईसकेको छ भने बाँकी २५ पिस पनि तयार भएको छ । लोगो बनाउन पहिलो चरणमा करिब ५ लाख भुक्तानी भैसकेको छ भने २५ पिसको चालू बर्षको खर्च बाट ब्यहोर्ने प्रदेशसभाका सचिव हरिप्रसाद बास्तोलाले जानकारी दिए ।
खुला प्रतिष्पर्धामा निर्मित लोगोको डिजाईन प्रदेशसभाकै कर्मचारी विनित रानामगरले बनाएका हुन् । उनले बनाएको प्रदेशको लोगोमा दुई धानका बालाले घेरेको गोलाकारभित्र रहेको माछापुच्छ्रेको चुचुरोको आकार सहितको अन्नपूर्ण हिमश्रृंखला छ । त्यसभन्दा तल गाढा र फिका रङको पहाड छ । लोगोको माथिपट्टि देखिने हिमाल छ भने नेपालको नक्साभित्र गण्डकी प्रदेशको छुट्टै नक्सा तथा गैंडा र जरायो पनि छ । प्रदेश सांसदहरुले खैरो रंगको कोट लगाउनुपर्ने छ ।
http://gandaknews.com/gandaki-logo/
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो