पोखराको विजयपुर खोलामा नयाँ बनेको बेलिब्रिज पुल सञ्चालनमा आएको छ । शुक्रबार रातिदेखि सञ्चालनमा आउने भनिएपनि नटबोल्ट कस्न र वारीपारीका सडक तयार बनाउन समय लागेकाले शनिबार अपरान्हबाट मात्रै सञ्चालनमा आएको हो ।

यसअघिको पुल कमजोर भएकाले १० टन क्षमता बढीका सवारीलाई डाइभर्सन गरी खोलाबाटै आवतजावतको सुविधा मिलाइएको थियो । तर, त्यस डाइभर्सन पनि खोलामा आएको बाढीले तीन पटक बगाएकाले ४ दिनदेखि ठूला सवारी पोखरा भित्रन पृथ्वीराजमार्गबाट पाएको थिएन ।
आजबाट सञ्चालनमा आएको सो पुलमा यही हप्ताभित्र पिच गरिने भएको छ । पुल सञ्चालन अघि भारी सवारी डोजरलाई चलाएर परिक्षण पनि गरिएको थियो । यद्यपी, ३५ टन माथिका सवारी भने यो पुलबाट सञ्चालन गर्न पाईनेछैन । तर, नयाँ बन्दै गरेको पोखरा विमानस्थलका लागि सामान ल्याउने झण्डै ५० टन क्षमताका गाडीहरु भने यस बेलिब्रीज पुलबाट पनि चलाउन नपाउने भएको छ । त्यसकारण चिनियाँ टोलीले भत्किएको डाइभर्सन बनाउन सुरु गरिसकेको छ । वारीपारी बाटो पक्की नहुन्जेल रातको समयमा विजयपुर खोलाको यो नयाँ बेलिब्रीज पुलमा गाडी चलाउन पनि निषेध गरिएको छ ।

तस्विरः मनोज भुजेल
https://www.facebook.com/gandaknews/videos/2059341751040815/
http://gandaknews.com/bijaypur-belibridge/
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन