पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कास्कीका नवनियुक्त सेक्रेटरी सुजनलाई प्रहरीले पक्राउ गरेको छ । ‘विप्लव’ समूहका जिल्ला सेक्रेटरी सुजन भनिने ३१ वर्षीय लोकेन्द्र विकलाई प्रहरीले शनिबार साँझ पोखराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनबाट गिरफ्तार गरेको जनाइएको छ । यसअघि तनहूँ सेक्रेटरी रहेका उनी कास्कीका तत्कालीन सेक्रेटरी आक्रोश पक्राउ परेपछि भर्खरै पोखरा आएका हुन् ।
यसअघि सो समूहका जिल्ला सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेपछि विकलाई सो समूहले कास्कीको नेतृत्व गर्ने गरी केही दिनअघि मात्र खटाएको बुझिएको छ । विकले आफू लडाकु कमाण्डर भएको बताउँदै धम्की दिँदै हिँड्ने गरेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक कार्कीले बताए । विकका साथबाट केही थान मोबाइल सेटसमेत फेला परेको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यसअघिका सेक्रेटरी आक्रोशसँगै प्रहरीले अखिल क्रान्तिकारीका २२ जना नेता कार्यकर्तालाई एकै पटक कास्कीको घान्द्रुकवाट गिरफ्तार गरेको थियो । गिरफ्तार परेका केही कार्यकर्ता छुटिसकेका छन् भने आक्रोशसहित ५ जना अझै प्रहरी हिरासतमा रहेका छन् ।
युवा व्यवसायी खतिवडाको खुट्टा भाँच्ने पनि बिक
यसैबीच, पोखराका युवा व्यवसायी युवराज खतिवडालाई मरणासन्न हुने गरी कुटपिट गर्न पनि विक संलग्न भएको कास्की प्रहरीले जानकारी दिएको छ । २०७४ साल वैशाख १८ गते राति साढे ९ बजेतिरको समयमा पोखरा ३ नदिपुर बस्ने २८ वर्षीय खतिवडालाई २ वटा मोटरसाईकलमा आएका ४ जना ब्यक्तिहरुले रड तथा धारिलो हतियारले प्रहार गरी शख्त घाईते बनाई बेहोस अवस्थामा छोडी फरार रहेकामध्ये एक जना बिक नै भएको प्रहरीको भनाई छ ।
पोखरा सस्तोबजार सञ्चालनमा रहेको जग्गाको टेण्डर जितिसकेपछि खतिवडालाई विप्लव निकट व्यवसायीबाट अवरोध भएको थियो । अन्ततः बजार आफूले सञ्चालन गर्न पाएका खतिवडाले मापदण्ड विपरित बजार स्थापना गरेपछि जरिवानामा पनि परेका छन् ।
बझाङ केदारस्युँ गाउँपालिका वडा नं. ३ स्थायी घर भई तनहुँ बन्दीपुर गाउँपालिका वडा नं. २ बस्दै आएका बिकलाई बिष्फोटक पदार्थ सम्बन्धी मुद्दाको अनुसन्धान तथा तहकिकातको सिलसिलामा जिल्ला अदालतबाट म्याद थप लिई कानुनी प्रकृया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)