पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कास्कीका नवनियुक्त सेक्रेटरी सुजनलाई प्रहरीले पक्राउ गरेको छ । ‘विप्लव’ समूहका जिल्ला सेक्रेटरी सुजन भनिने ३१ वर्षीय लोकेन्द्र विकलाई प्रहरीले शनिबार साँझ पोखराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनबाट गिरफ्तार गरेको जनाइएको छ । यसअघि तनहूँ सेक्रेटरी रहेका उनी कास्कीका तत्कालीन सेक्रेटरी आक्रोश पक्राउ परेपछि भर्खरै पोखरा आएका हुन् ।
यसअघि सो समूहका जिल्ला सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेपछि विकलाई सो समूहले कास्कीको नेतृत्व गर्ने गरी केही दिनअघि मात्र खटाएको बुझिएको छ । विकले आफू लडाकु कमाण्डर भएको बताउँदै धम्की दिँदै हिँड्ने गरेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक कार्कीले बताए । विकका साथबाट केही थान मोबाइल सेटसमेत फेला परेको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यसअघिका सेक्रेटरी आक्रोशसँगै प्रहरीले अखिल क्रान्तिकारीका २२ जना नेता कार्यकर्तालाई एकै पटक कास्कीको घान्द्रुकवाट गिरफ्तार गरेको थियो । गिरफ्तार परेका केही कार्यकर्ता छुटिसकेका छन् भने आक्रोशसहित ५ जना अझै प्रहरी हिरासतमा रहेका छन् ।
युवा व्यवसायी खतिवडाको खुट्टा भाँच्ने पनि बिक
यसैबीच, पोखराका युवा व्यवसायी युवराज खतिवडालाई मरणासन्न हुने गरी कुटपिट गर्न पनि विक संलग्न भएको कास्की प्रहरीले जानकारी दिएको छ । २०७४ साल वैशाख १८ गते राति साढे ९ बजेतिरको समयमा पोखरा ३ नदिपुर बस्ने २८ वर्षीय खतिवडालाई २ वटा मोटरसाईकलमा आएका ४ जना ब्यक्तिहरुले रड तथा धारिलो हतियारले प्रहार गरी शख्त घाईते बनाई बेहोस अवस्थामा छोडी फरार रहेकामध्ये एक जना बिक नै भएको प्रहरीको भनाई छ ।
पोखरा सस्तोबजार सञ्चालनमा रहेको जग्गाको टेण्डर जितिसकेपछि खतिवडालाई विप्लव निकट व्यवसायीबाट अवरोध भएको थियो । अन्ततः बजार आफूले सञ्चालन गर्न पाएका खतिवडाले मापदण्ड विपरित बजार स्थापना गरेपछि जरिवानामा पनि परेका छन् ।
बझाङ केदारस्युँ गाउँपालिका वडा नं. ३ स्थायी घर भई तनहुँ बन्दीपुर गाउँपालिका वडा नं. २ बस्दै आएका बिकलाई बिष्फोटक पदार्थ सम्बन्धी मुद्दाको अनुसन्धान तथा तहकिकातको सिलसिलामा जिल्ला अदालतबाट म्याद थप लिई कानुनी प्रकृया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा नातीले ७५ वर्षिया हजुरआमाको ज्यान लिए, गहना लुटेर भागे
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
यो पनि पढौँ
पोखरामा नातीले ७५ वर्षिया हजुरआमाको ज्यान लिए, गहना लुटेर भागे
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
कांग्रेसबाट निष्काशनमा परेका पूर्वमन्त्री कुमार खड्का रास्वपा प्रवेश गर्दै
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ