तनहुँ । अपराध गर्ने लाई अब उन्मुक्ति नभएको गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआइजी विनोद शर्मा घिमिरेले बताए । सो कुरा उनले तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको आयोजनामा आइतबार भएको जिल्लाको शान्ति सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बताएका हुन् ।
रोजागार भएमा आधा अपराध आफै घट्ने उनले बताए । बेरोजगार धेरै भएको हुदाँ अपराधिक क्रियाकलापमा वृद्धि भईरहेको घिमिरेले बताए । आजको दिनमा हरेक क्षेत्रमा सुशासन आवश्यक रहेको घिमिरे बताउछन । प्रहरी संगठन मजबुत बनाउन शुद्धिकरण समेत गर्न लागेको घिमिरेले जानकारी दिए ।
न्यून स्रोत र साधनका बाबजुत राष्ट्र र जनताको शान्ति सुरक्षामा नेपाल प्रहरी दिनरात नभनी लागेको घिमिरेले बताए । सुचना नलुकाउन र हिँसा सहेर समेत नबस्न घिमिरेको आग्रह छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम मार्फत सर्वसाधारणको घर दैलोमा प्रहरी पुग्ने प्रयास गरेको समेत उनले बताए ।

त्यस्तै साइबर क्राइम नेस्तेज पार्ने प्रयासमा नेपाल प्रहरी लागेको र चेतना मुलक कार्यक्रम समेत प्रस्तुत गर्ने आइरहेको उनले बताए । लागुऔषधको ओसारपसार तथा प्रयोग गण्डकी प्रदेशमा चिन्ताजनक रहेको डीआइजी घिमिरेले बताए ।
विभिन्न घटनाको समाधान गर्नको लागि सिसिटिभी आवश्यक पर्ने हुदाँ गुणस्तरीय प्रविधि प्रयोग गर्नुपर्ने घिमिरेले बताए । समग्र गण्डकी प्रदेशको शान्ति सुरक्षाको अवस्था बुझ्नका लागि प्रदेशका जिल्ला भ्रमण गरिरहेको समेत उनले जानाकरी दिए ।
अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेश समृद्ध र सुशिक्षित रहेको समेत घिमिरेले बताए । उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको प्रदेश उनले बताए । २०४६ सालमा नेपाल प्रहरीमा सेवा सुरु गरि २०५० सालमा तनहुँमा पनि २ वर्ष बढी सेवा गर्ने अवसर मिलेको समेत घिमिरे बताए ।
सोहि अवसरमा प्रमुख जिल्ला अधिकारि रुद्रप्रसाद पण्डितले लागुऔषध ओसारपसार र राजमार्गका दुर्घटना नै तनहुँको मुख्य समस्या भएको बताए । जिल्लाका विभिन्न संघ सस्थाका प्रतिनिधिहरु संग निरन्तर छलफल र अन्तरक्रिया गरिरहेको समेत प्रजिअ पण्डितले बताए ।

प्रविधिको प्रयोग व्यापक रुपमा गर्नुपर्ने समेत उनले बताए । स्थानिय तहहरुले सिसिटिभी जडान गर्न सहयोग गर्नुपर्ने पण्डितले बताए । कुनै पनि राजनीतिक पार्टीको प्रभावमा नपरी काम गरेको र गर्ने समेत पण्डितले बताए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य देव कुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष वैकुण्ठ मिश्र, संघमा पुर्व अध्यक्ष कृष्ण राज पण्डित, व्यास ५ का वडाअध्यक्ष मोहन कुमार श्रेष्ठ लगाएतले जनताले प्रहरी लाई सहयोग गरे अपराध कमि हुने बताएका थिए ।
तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति राजकुमार श्रेष्ठ ‘राकु’को सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न संघ सस्ठाका प्रतिनिधिहरुको प्रतिनिधीको सहभागिता रहेको थियो । कुनै पनि राजनीतिक दवावमा नपरी अनुसन्धान गरि अपराधिलाई कारबाहीको घेरामा ल्यान समेत उनिहरुको अनुरोध थियो ।
डीआइजी घिमिरेलाई स्वागत
सोहि अवसरमा तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईले गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआइजी विनोद शर्मा घिमिरेलाई स्वागत् समेत गरेको थियो ।
इकाईका सभापति राजकुमार श्रेष्ठ ‘राकु’ लगाएत अन्य पदाधिकारीहरुले घिमिरेलाई खादा र टिकाले स्वागत गरेका थिए । कार्यक्रमको संचालन इकाईका सचिव दधिराज घिमिरेले गरेका थिए ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)